सुलसुलेकर्माचार्य र रेग्मी सम्मानित

भेषजराज साहित्य प्रतिष्ठानद्वारा २०७४ सालदेखि प्रदान गरिँदै आएकोे भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मान यस पटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गङ्गा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई वालिङ नगरपालिकाको सभाहलमा शनिबार एक कार्यक्रम बिच प्रदान गरिएको छ ।
०७८ मङ्सिर २५ गते, स्याङ्जामा आयोजित, कार्यक्रमका प्रमुख अतिथि स्याङ्जाली वरिष्ठ साहित्यकार वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवीप्रसाद वनवासीले भेषजराज शर्माले नेपाली भाषा साहित्यका क्षेत्रमा महŒवपूणर् योगदान पुर्याउनु भएको थियो । आफ्नो पाथेभाइका रूपमा रहनु भएका शर्माका कुनै सन्तान नहुँदा पनि भेषजराज साहित्य प्रतिष्ठानले उहाँका नाममा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष प्रदान गर्ने गरेकाले प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिनुभयो । उहाँले यस पटक स्याङ्जाली महिला स्रष्टा त्यसमा पनि आपूmजस्तै बाल साहित्यका क्षेत्रमा क्रियाशील गङ्गा कर्माचार्य पौडेललाई र आफ्नो छिमेकी साहित्यकार ज्ञानेश्वर रेग्मीलाई पुरस्कार प्रदान गरी सम्मान गर्न पाएकामा ज्यादै खुसी लागेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि आनन्दमणि टुल्कीनन्दकला प्रतिष्ठानका अध्यक्ष, पूर्व मन्त्री एवम् लघुकथा समाज स्याङ्जाका अध्यक्ष त्रिलोचन ढकालले स्वर्गीय स्रष्टा शर्मा शिक्षा, साहित्य र राजनीतिका गुरु हुनुहुन्थ्यो भन्दै प्रतिष्ठानले उहाँका सम्पूणर् पद्य रचनाहरुको सङ्ग्रह भेषजराज रचनावली – १ पद्यसङ्ग्रह प्रकाशित गरेकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि प्रतिष्ठानले यस्तै रचनात्मक कार्यहरू गर्न सक्षम होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले राजनीतिले साहित्यलाई होइन साहित्यले राजनीतिलाई मार्ग निर्देशन गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसै क्रममा उहाँले भाट साहित्यमा लाग्न नहुने कुरामा पनि जोड दिनुभयो ।
कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् सल्लाहकार डा.अच्युतशरण अर्यालले प्रतिष्ठानले मासिक रूपमा नियमित रचनावाचन कार्यक्रम सञ्चालन गर्दै आएकाले यसले निरन्तरता पाओस् भन्दै कार्यक्रम सञ्चालक प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले वालिङलाई साहित्यिक हबका रूपमा स्थापित गर्न र स्मार्ट वालिङको सपनालाई सार्थकता प्रदान गर्न प्रस्ताव गर्नुभएको वालिङ – ११ स्थित लखनेदेखि पेखु देउराली हुँदै जाने बाटाको नामकरण भेषजराज मार्ग र त्रियासी हुँदै रत्नेसम्मको बाटाको नाम वनवासी मार्ग राख्ने कुरामा आफ्नो सहमती जनाउनुभयो । कार्यक्रमका अर्का अतिथि वालिङ नगरपालिका वडा नं. -८ का वडाअध्यक्ष कमल सुवेदीले सम्मानित एवम् पुरस्कृत व्यक्तित्व गङ्गा कर्माचार्य पौडेल र ज्ञानेश्वर रेग्मीलाई हार्दिक बधाई दिँदै कार्यक्रमको सफलताको कामना गर्दै प्रतिष्ठानले गरेका असल काममा आफ्नो पनि साथ सहयोग हुनेकुरा व्यक्त गर्नुभयो । यसै प्रतिष्ठानका संस्थापक उपाध्यक्ष, सल्लाहकार एवम् प्रतिभा छनोट समितिका संयोजक प्रेमराज लुइँटेलले पुरस्कृत व्यक्तित्व गङ्गा कर्माचार्य पौडेलको जीवनी र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बुद्धिजीवी परिषद् स्याङ्जाका अध्यक्ष गोपाल पौडेल, टापुभञ्ज्याङ मा.वि.का प्रधानाध्यापक हेमराज अर्याल कार्यक्रम अत्यन्त महŒवपूणर् रहेको र यसको पूणर् सफलताको शुभकामना दिनुभयो । यसैगरी लीलाधर खगिसरा स्मृति सेवा सम्मान अक्षयकोषका अध्यक्ष टीकाराम पराजुलीले अक्षयकोषको स्थापनाको कारण र महŒव प्रस्तुत गर्दै भेषजराज साहित्य प्रतिष्ठानलाई नगद रु. ५००५/- राशीको लीलाधर खगिसरा स्मृति सेवा सम्मान प्रदान गर्नुभएको थियो ।
यसै कार्यक्रममा भेषजराज रचनावली – १ पद्यसङ्ग्रह, भेषजराज शर्माका कविता र गण्डकी प्रदेशका नेवारको इतिहास गरी तीन वटा कृतिहरूको लोकार्पण गरिएको थियो । स्व.भेषजराज शर्माका हालसम्म प्राप्त फुटकर कविता, संस्कृत भाषामा लेखिएका कविताहरू, दुईवटा खण्डकाव्यहरू आँधीखोलाको बगर र धनियाँ खण्डकाव्य समेत समावेश गरिएको भेषजराज रचनावली-१ पद्यसङ्ग्रहको समीक्षा गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले गर्नुभएको थियो । यो कृतिले सिङ्गो नेपाली कविता काव्यका क्षेत्रमा महत्वपूर्ण स्थान राख्ने कुरा व्यक्त गर्दै भेषजराज शर्मा साहित्यिक दम भएका स्रष्टा हुन् र यो कृति सबैले पढ्न आवश्यक रहेको कुरा राख्नुभयो । श्यामप्रसाद ढुङ्गानाद्वारा सम्पादित नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित भेषजराज शर्माका कविता कवितासङ्ग्रह लेकार्पण कार्यक्रमका विशिष्ट अतिथि त्रिलोचन ढकालले गर्नुभएको थियो । सोही कार्यक्रममा गङ्गा कर्माचार्य पौडेलले लेख्नुभएको गण्डकी प्रदेशका नेवारको इतिहास नामक कृतिको लोकार्पण वालिङ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कमल सुवेदीले गर्नुभएको थियो भने उक्त कृतिको समीक्षा वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक इन्दु श्रेष्ठले गर्नुभएको थियो । समीक्षक श्रेष्ठले यो कृति महिलाले लेखेको पहिलो वंशावली रहेको कुरामा जोड दिनुभयो ।
यसै कार्यक्रममा श्रवण कुमार प्रतिष्ठान नेपालका अध्यक्ष सीताराम अधिकारी, वैकल्पिक बाटो पृथक पाइला, साहित्यिक अभियान-२०७६ का अभियन्ता मिलन समीर, भेषजराज साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्याल, सदस्य लेखनाथ काफ्ले, पाइनियज बोर्डिङ स्कुलका नेपाली विषय प्रमुख बोधराज न्यौपाने, वालिङ बहुमुखी क्याम्पसकी उपप्राध्यापक विष्णु सुवेदी गैरे, भेषजराज साहित्य प्रतिष्ठानका आजीवन सदस्यहरू वसन्त खनाल र कमल बगाले, पूर्व शिक्षक ताराप्रसाद पंगेनी, वसन्ती अधिकारी, प्रशान्त बगाले, सम्भव ढुङ्गाना लगायत दर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल, गीत र लघुकथा सुनाएका थिए । कार्यक्रममा वरिष्ठ चराविद्, चित्रकार हेम पौडेलको पनि उपस्थिति रहेको थियो ।
श्याम ढुङ्गाना, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest












































