साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’ सार्वजनिक

साहित्यकार डा.विप्लव ढकालको अनुसन्धानात्मक ग्रन्थ ‘भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण’ सार्वजनिक भएको छ ।

Nepal Telecom ad

काठमाडौँ । साहित्यकार डा.विप्लव ढकालको अनुसन्धानात्मक ग्रन्थ ‘भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण’ सार्वजनिक भएको छ ।

शनिबार, फागुन ७, २०७८मा भोजपुरे सेवा समाजले आयोजना गरेको विशेष समारोहमा पूर्वमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, पूर्वमन्त्री टंक ढकाल, समाजका अध्यक्ष पासाङदोर्ची शेर्पालगायत विभिन्न साहित्यकारहरुले उक्त पुस्तक काठमाडौँमा सार्वजनिक गरेका हुन् ।

कृतिकार डा.ढकालले सो कृति आफ्नै जरा र जमिनको संयोजन भएको बताएका छन् । उनले भोजपुरका कुना कन्दरामा शब्दहरू खोजेर उक्त पुस्तक रचना गरेको बताएका हुन् ।

भोजपुरे सेवा समाज काठमाडौँले प्रकाशन गरेको सो बृहत ग्रन्थ कृतिलाई सात खण्डमा बिस्तरित भएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x