साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो प्रजातन्त्र यो ?

खुट्टा चप्पल लाउने रहरमा तड्पे हिजोसम्म ती, पाए कार हिँडे अचानक यहीँ उफ्रे घमण्डी बनी, केहीका घर बद्लिएर सहजै दर्बारझैँ देखियो, निर्धाको पसिना चुसी महकिने कस्तो प्रजातन्त्र यो !!

Nepal Telecom ad

पक्कै आउँछ आउनेछ अब ता बाटो खुलेमा छिटै
भन्ने आस लगाउँदै युग बिते बित्छन् अझै झन् कति
जो आन्दोलनमा समर्पित भयौँ आशा नछोडी अहो !!
आशामाथि कुठारघात गरिने कस्तो प्रजातन्त्र यो !!

आँखामा सपना अझै तरल छन् फर्केन हाँसो कतै
हाँस्ने ओठहरू सधैँ सकसमा कैदी बने हर्दमै
गर्ने हात र पाउका रहरमा बस्छन् निरासा अहो !!
आयो आउन ता अचम्म गतिलो कस्तो प्रजातन्त्र यो !!

केही भव्य सुयोजना मुलुकमा आए भनी हर्षियौँ
आफ्नै पौरखले समुन्नत हुने उत्कर्षमा कल्पियौँ
हाम्रा ज्ञान र सीप काम नदिने भन्छन् सबैले अहो !!
ज्ञानी भाग्छ विदेश हर्ष घरमा कस्तो प्रजातन्त्र यो !!

खुट्टा चप्पल लाउने रहरमा तड्पे हिजोसम्म ती
पाए कार हिँडे अचानक यहीँ उफ्रे घमण्डी बनी
केहीका घर बद्लिएर सहजै दर्बारझैँ देखियो
निर्धाको पसिना चुसी महकिने कस्तो प्रजातन्त्र यो !!

नेपाली जनशक्ति आज मरुमा पोख्छन् सबै पौरख
थोपा मूल्य बचाउँदै हृदयमा नेपाल बोक्छन् तर
आफू दूर रहेर सोच घरको पाल्छन् सबैले अहो !!
आयो सन्तति दूर पार्न कसिँदै कस्तो प्रजातन्त्र यो !!

मेनपा- १३, चारआली, झापा
हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x