दुष्यन्त भट्टराईकस्तो प्रजातन्त्र यो ?
खुट्टा चप्पल लाउने रहरमा तड्पे हिजोसम्म ती, पाए कार हिँडे अचानक यहीँ उफ्रे घमण्डी बनी, केहीका घर बद्लिएर सहजै दर्बारझैँ देखियो, निर्धाको पसिना चुसी महकिने कस्तो प्रजातन्त्र यो !!

पक्कै आउँछ आउनेछ अब ता बाटो खुलेमा छिटै
भन्ने आस लगाउँदै युग बिते बित्छन् अझै झन् कति
जो आन्दोलनमा समर्पित भयौँ आशा नछोडी अहो !!
आशामाथि कुठारघात गरिने कस्तो प्रजातन्त्र यो !!
आँखामा सपना अझै तरल छन् फर्केन हाँसो कतै
हाँस्ने ओठहरू सधैँ सकसमा कैदी बने हर्दमै
गर्ने हात र पाउका रहरमा बस्छन् निरासा अहो !!
आयो आउन ता अचम्म गतिलो कस्तो प्रजातन्त्र यो !!
केही भव्य सुयोजना मुलुकमा आए भनी हर्षियौँ
आफ्नै पौरखले समुन्नत हुने उत्कर्षमा कल्पियौँ
हाम्रा ज्ञान र सीप काम नदिने भन्छन् सबैले अहो !!
ज्ञानी भाग्छ विदेश हर्ष घरमा कस्तो प्रजातन्त्र यो !!
खुट्टा चप्पल लाउने रहरमा तड्पे हिजोसम्म ती
पाए कार हिँडे अचानक यहीँ उफ्रे घमण्डी बनी
केहीका घर बद्लिएर सहजै दर्बारझैँ देखियो
निर्धाको पसिना चुसी महकिने कस्तो प्रजातन्त्र यो !!
नेपाली जनशक्ति आज मरुमा पोख्छन् सबै पौरख
थोपा मूल्य बचाउँदै हृदयमा नेपाल बोक्छन् तर
आफू दूर रहेर सोच घरको पाल्छन् सबैले अहो !!
आयो सन्तति दूर पार्न कसिँदै कस्तो प्रजातन्त्र यो !!
मेनपा- १३, चारआली, झापा
हाल बेलायत
Subscribe
Login
0 Comments
Oldest





































