साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृहत् राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगितामा सङ्गम पोखरेल प्रथम

प्रतियोगितामा झापाका विन्दु दाहाल ‘मुकदर्शक दोस्रो , मकवानपुरका संप्रश पौडेल तेस्राे र काठमाडाैंका पिंडालु पण्डित , गुल्मीका काशीनाथ मिश्रित , अर्घाखाँचीका रामदेव पाण्डे सान्त्वना पुरस्कारद्वारा पुरस्कृत । ।

Nepal Telecom ad

चैत्र १८, २०७८ शुक्रबार । काठमाडाै. स्थित गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आरुबारी चोक काठमाडौमा ‘वृहत् राष्ट्रिय हास्य व्यङ्ग्य कविता प्रतियोगिता’ सम्पन्न भयो ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख अतिथ्य र नगरप्रमुख सन्तोष चालिसेको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कलाकारहरूको उपस्थितिले कार्यक्रम रोचक थियो । वरिष्ठ हास्य व्यङ्ग्यकार भैरव अर्याल र यशस्वी साधक रमेश विकलले स्पर्श पाएको माटोमा विगतमा पनि गोकर्णेश्वर नगरपालिकाले यस्तै गरिमामय साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

गीतकार कञ्चन पुडासैनी, रमेश खकुरेल, गोविन्द घिमिरे वेदमणि, प्रा.डा.ऋषिराम पोखरेल, डा विदुर चालिसे लगायतको उपस्थितले कार्यक्रम भव्य भएको थियो । आमन्त्रित अतिथि कवि अर्जुन पराजुली, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, गायत्री लम्साल, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल, डा बमबहादुर जिताली, डम्बर घिमिरे, हरिकला उप्रेती अतिथि कविको रूपमा उपस्थित रहेर आफ्ना हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा हास्यकलाकार कलाकार मनोज गजुरेल र श्रीकृष्ण सिंखडा राजन चाैलागाइँकाे बेजोड हास्यप्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्राप्त १०२ वटा प्रतियोगी कविताबाट छनोट गरी २७ जनाका कवितालाई वणर्ानु क्रमका आधारमा वाचनका लागि आमन्त्रण गरिएको थियो । अनिल पौडेल किर्ते-टाँडी मोरङ, इन्दिरा कार्की- कोटेश्वर, ईश्वर के.सी.-चागुनारायण, काशीनाथ मिश्रित- रुरु गुल्मी, गणेशप्रसाद खतिवडा- दूधकोशी सोलु, चन्द्रश्री कार्की- तेह्रथुम, चिरञ्जीवी लामिछाने- हेटौंडा, टेकबहादुर कोइराला- बारपाक गोरखा, तीर्थराज जोशी- डोटी, दिपक घिमिरे-उत्तरगया रसुवा, नवराज चौलागाईं- ललितपुर, पिंडालु पण्डित- काठमाडौ, वासुदेव ठकुरी- शिवपुरी नुवाकोट, विवश दाहाल-बनेपा काभ्रे, विन्दु दाहाल ‘मुकदर्शक’- दमक झापा, भलाद्मी भोला- लिखु ओखलढुंगा, मदन प्याकुरेल-गोकणर्ेश्वर, माधव पोख्रेल गोज्याङ्ग्रो- गाईघाट उदयपुर, राजाराम श्रेष्ठ- गोदावरी ललितपुर, राजेश पोख्रेल- गोकणर्ेश्वर, रामदेव पाण्डे- अर्घाखाँची, रेशम अधिकारी- सुनवल नवलपरासी, रोशन तिमिल्सिना- कास्की पोखरा, सन्तोष खनाल- इमाडोल ललितपुर, संगम संयोग- कास्की पोखरा, संप्रश पौडेल- मनहरी मकवानपुर, शिवप्रसाद आचार्य- नुवाकोट ।

प्रा.डा.गोविन्दराज भट्टराईको संयोजक र युवराज मैनाली एवम् ठाकुर शर्माको तीन सदस्यीय निणर्ायक मण्डलले प्रस्तुति र शव्दचयनलाई आधार मानेर छुट्टाछुट्टै अङ्क प्रदान गरी उत्कृष्ट कविता निर्णयात्मक चयन गरेको थियोे । प्रतियोगितामा प्रथम हुने सङ्गम पोखरेल ‘संयोग’ कास्की पोखरालाई रु ५० हजार, दोस्रो हुने विन्दु दाहाल ‘मुकदर्शक’ दमक झापालाई रु.३० हजार, तेस्रो हुने संप्रश पौडेल मनहरी मकवानपुरलाई रु २० हजार र सान्त्वना हुने तीन कवि पिंडालु पण्डित काठमाडौँ, काशीनाथ मिश्रित रुरु गुल्मी, रामदेव पाण्डे अर्घाखाँचीलाई रु १०/१० हजार नगद राशि प्रदान गरियो ।

कार्यक्रमका संयोजक वरिष्ठ साहित्यकार विजय चालिसेले अत्यन्तै राम्रा कविता एक सय एक कविता प्राप्त भएको बताउँदै ती मध्ये छब्बीस कविता प्रतियोगितामा छ्नौंटमा परेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा माननीय छिरिङ् दोर्जे लामा, उप प्रमुख शान्ति नेपाल र विभिन्न वडाका वडाअध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो चरण कवि शान्ति रिसालले र दोस्रो चरण सरोज घिमिरेले सञ्चालन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x