साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्याम तमोट दाइसँग गुनासो

साथीहरू जाग्नु भो राजनीतिमा लाग्नुभो देशको मुहार त थाहा छैन वहाँहरूको मुहार चैं फेरिएको छ सम्पन्नताले घेरिएको छ ।

Nepal Telecom ad

हाम्रा श्याम दाइले
गाउँ गाउँबाट उठ भनेर
साथीहरू शहर आए
मनग्गे कमाए
सन्तानलाई विदेश पढ्न पठाए
बेला मौका आफू पनि त्यतैतिर धाए
खै आफूले त त्यस्तो जानिएन
श्याम दाइका कुरा बेलैमा मानिएन
गाउँघरमै बसियो
गोठ र बारीमै फसियो
जानिएन छ श्याम दाइ !

भनिन्छ आजभोलि सिंहदरबार
गाउँमै पठाको छ
सिंहदरबार वरिपरि चाका लागेको छ
मह काड्ने मान्छे पनि खटाको छ
हात मात्रै होइन भाँडै चटाको छ
तर पनि
हरेक बिहान गाउँगाउँबाट उठ्छ युवा
झोला बोक्छ
एयरपोर्ट छिर्छ र विदेश बनाउँछ
बस्तीबस्तीबाट उठ्छ र शहर धाउँछ
आफू चैं
गाउँघरमै बसियो
गोठ र बारीमै फसियो
जानिएन छ श्याम दाइ !

श्यामदाइ ! तपाईंले भनेजस्तै
कलम लिएर उठेको भए
म पनि नक्कली बील र नक्कली प्रोजेक्ट कोरेर
दुईचार विदेशीका थेसिस
यताउति चोरेर
कलमकै आडमा दुईचार ढोका थर्काएर
झुटो हौवामा दुनियाँ हर्काएर
गाउँतिरबाट शहर पस्थेंहुँला
हो तपाईंले भनेजस्तै
कला लिएर उठेको भए
नेताकै फर्माइसमा
नेतालाई अगाडि राखेर
उन्कै क्यारिकेचर गर्दै
कहिले मलेसिया जापान
खाडी अमेरिका डुल्दै
राजधानीमा नै बस्थेंहुँला
उल्टो आफू चैं
गाउँघरमै बसियो
गोठ र बारीमै फसियो
जानिएन छ श्याम दाइ !

हो दाइ !
आज पनि गाउँगाउँबाट उठिरहेछन् मान्छेहरू
र शहर छिरिरहेछन्
विदेशी बाजा भिरिरहेछन्
विदेशी गीत गाइरहेछन्
पराई केकमा रमाइहेछन्
ठूलै मान्छेको लबेदाको फेर समाइरहेछन्
कुम जोडेर फोटो खिचाइरहेछन्
आफू चैं
गाउँघरमै बसियो
गोठ र बारीमै फसियो
जानिएन छ श्याम दाइ !

श्याम दाइ !
तपाईंले गाउँगाउँबाट उठ लेख्नुभो
साथीहरूले गाउँनु भो
देशको मुहार फेर्नुपर्छ भनेर सुनाउँनु भो
हामीले त्यसैहोला ता नि भन्यौं
साथीहरू जाग्नु भो
राजनीतिमा लाग्नुभो
देशको मुहार त थाहा छैन
वहाँहरूको मुहार चैं फेरिएको छ
सम्पन्नताले घेरिएको छ
आफू चैं
गाउँघरमै बसियो
गोठ र बारीमै फसियो
जानिएन छ श्याम दाइ !

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x