साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १०१ औं काव्यवाचन

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०१ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ बैशाख २१ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०१ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार कर्मदा सिर्जना मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलको प्रमुख आतिथ्यमा साथै बरिष्ठ साहित्यकार डा बमबहादुर थापा, कलानिधि दाहाल, गंगा लिगलको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा रहेको थियो ।

काव्य गोष्ठीमा अन्य उपस्थित अतिथि साहित्यकारहरू क्रमश…खगेन्द्रप्रसाद बस्याल, उर्मिला पन्त, दुर्गा भमरकोटे, नारायणप्रसाद निरौला, सुरेश घिमिरे, लक्ष्मीप्रसाद मिश्र, विनुबाबा घिमिरे, द्वारिका कुईंकेल, सीता घिमिरे, जानुका रायमाझी लगायत १५ जना सर्जकहरूले आ-आफ्ना कविता, खोरिया, सुसेली वाचन गर्नु भयो ।

प्रमुख अतिथि जगदीश्वर पोखरेलले वाचित कविताको समीक्षा गर्नुहुँदै घटना विशेषको रचना त्यो बेलाको मात्रै हुन्छ भने कालजयी रचना कहिल्यै पुरानो नहुने बताउँदै नेपाली जनताले हो नेपाल यो उठाउने भन्ने मर्म र भावना बोकेको रचना सुनाउनु भयो । बरिष्ठ साहित्यकार डा.बमबहादुर थापाले प्रतिष्ठानको नियमित कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नु हुँदै मान्छे भित्रको मान्छे शीर्षकको कविता सुनाउनु भयो ।

अर्का विशिष्ठ अतिथि कलानिधि दाहालले कविता हावामा कुँद्ने होइन वैचारिक दृष्टिकोण बलियो हुनु पर्छ, चेतना आर्जन हुनु पर्छ भन्नु भयो । विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रम र विधागत कार्यक्रमले धेरै स्रष्टालाई अभ्यासको आधार थलोको रुपमा मौका दिएको उल्लेख गर्नु भयो । प्रगति र उन्नतिले शिखर चुमोस् भन्नु भयो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०१ औँ श्रृङ्खलासम्म निरन्तर यहाँहरूको माया, भावना र समयको योगदान भएकोले यो प्रतिष्ठानको कार्यक्रम अगाडि बढेर हर्षलाई स्वागत गर्न पाएको बताउनु भयो । आजका प्रमुख अतिथि र जोडिनु हुने सम्पूणर् स्रष्टाहरू, संरक्षक, कार्यक्रम संयोजन गर्ने सुधा बास्कोटा ढकाल लगायत सम्पूणर् उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भयो । उहाँले खोरियाको सैद्धान्तिक अवधारणा प्रष्ट्याउँदै खोरिया वाचन अनि गद्य कविता वाचन गरि कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x