साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा भव्य समारोह बिच स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन सम्पन्न भयो ।

Nepal Telecom ad

२०७९ वैशाख २४, काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश श्रीमान् कल्याण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भव्य समारोह बिच स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन सम्पन्न भयो ।

समारोहमा प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मान-२०७९ बाट साहित्यकारद्वय विजय सागर (भैरहवा) र विजय चालिसे (काठमाडौँ), दायित्व वाङ्मय सम्मान-२०७९ बाट साहित्यकारद्वय शङ्कर शाह (काठमाडौँ) र युवराज मैनाली (काठमाडौँ), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार-२०७८ (रु. ११,०००/-) बाट अनुराधा ढकाल (चितवन), दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कार-२०७९ (रु. १५,०००/-) बाट हाम्रो बाल संरक्षण धरोहर नेपाल (काठमाडौँ) र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार-२०७९ (रु. ११,०००/-) बाट सम्पदा मल्ललाई पुरस्कृत र सम्मानित गर्नुभयो। सो अवसरमा प्रमुख अतिथिले रामप्रसाद पन्तद्वारा लिखित ‘मेची मेरो महाकाली मेरो’ (नियात्रोपन्यास) कृति तथा ’दायित्व’ को १३५औँ अङ्कको विमोचन पनि गर्नुभयो ।

कार्यकममा प्रमुख अतिथि कल्याण श्रेष्ठले दायित्व वाङ्मय प्रतिष्ठानले विगत २३ वर्षदेखि गर्दै आइरहेको नेपाली वाङ्मयको सेवा र स्रष्टाहरूको सम्मानको प्रशंसा गर्नुका साथै काठमाडौँ बाहिरबाट पनि स्रष्टाहरूलाई खोजेर सम्मान गर्ने दायित्व वाङ्मय प्रतिष्ठानको परम्पराको सराहना गर्नुभयो ।

कार्यक्रममा सम्मानित स्रष्टाहरू विजय सागर, विजय चालिसे, शङ्कर शाह, युवराज मैनाली तथा पुरस्कृत प्रतिभा अनुराधा ढकालले मन्तव्यसहित रचना वाचन गर्नुभयो भने पुरस्कृत प्रतिभा सम्पदा मल्ल र पुरस्कृत संस्था हाम्रो बाल संरक्षण धरोहर नेपालका तर्फबाट विनिता अर्यालले सम्मानित, पुरस्कृत भएकामा खुसी व्यक्त गर्दै दायित्व वाङ्मय प्रतिष्ठानको कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा प्रा.डा.गोविन्दमानसिंह कार्कीले विमोचित कृतिका बारेमा बोल्नुभएको थियो भने प्रतिष्ठानका संस्थापक तथा कार्यसमिति सदस्य यादव भट्टराईले सञ्चालन गर्नुभएको सो समारोहमा महासचिव डा. लेखप्रसाद निरौलाले स्वागत मन्तव्य एवम् सचिव केशवराज पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामप्रसाद पन्तले प्रतिष्ठानका गतिविधिबारे चर्चा गर्दै उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

– यादव भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x