सुलसुलेबेलबारीमा बालकथासङ्ग्रह विमोचन
२२ जना सर्जकका बालकथाहरू संकलित ‘बेलबारी बालकथासङ्ग्रह’ को एक समारोहका बीच लोकार्पण भएको छ ।

बेलबारी मोरङ । २२ जना सर्जकका बालकथाहरू संकलित ‘बेलबारी बालकथासङ्ग्रह’ को एक समारोहका बीच लोकार्पण भएको छ ।
कार्यक्रममा बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीको अध्यक्षता, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्यकार हर्कमान तामाङ, मधु गुरुङ , नरनाथ लुइँटेल, प्रेमप्रसाद भट्टराई, इरान राई, जेबी थुलुङ, बालिका पौडेल, रेखा सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
बेलबारीका विभिन्न विद्यालयका बिद्यार्थी र शिक्षकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कविता वाचन तथा साना नानीहरूले गायन र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम सस्थाका सचिब धन्जित पराजुली र स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मी रेग्मी सुबेदीले गरेकी थिइन् ।
लोकर्पित कृतिले बालसाहित्यका क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउँदै पुस्तक समीक्षा प्रेमप्रसाद भट्टराईले गर्नु भएको थियाे ।
Subscribe
Login
0 Comments
Oldest











































