साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शाक्यको कविताकृति ‘घर : घर जस्तो छैन’ विमोचन

हास्यव्यङ्ग्य लेखनमा चर्चित साहित्यकार माणिकरत्न शाक्यको आज राजधानीमा एउटा कविता सङ्ग्रह ‘घर : घरजस्तो छैन’ विमोचित भएको छ । आजै स्रष्टा शाक्यको जन्मदिन पनि थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९, साउन १३ । हास्यव्यङ्ग्य लेखनमा चर्चित साहित्यकार माणिकरत्न शाक्यको आज राजधानीमा एउटा कविता सङ्ग्रह ‘घर : घरजस्तो छैन’ विमोचित भएको छ । आजै स्रष्टा शाक्यको जन्मदिन पनि थियो ।

प्रमुख अतिथि मोहन दुवाललगायत मन्चमा आसिन सबैले पुस्तक विमोचन गरेका थिए । पुस्तक र यसका स्रष्टाबारे नरनाथ लुइंटेलद्वारा समीक्षात्मक मन्तव्य व्यक्त भएको थियो भने चट्याङ्ग मास्टर र मनोज गजुरेलले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । माणिकरत्न शाक्यको लेखकीय मन्तव्य त थियो नै चक्र दवाडीले उपस्थित सबैको स्वागत गर्नु भएको थियो ।

भूँडीपुराण प्रकाशनद्वारा प्रकाशित “घर घरजस्तो छैन“ पुस्तक विमोचन कार्यक्रमको सभापतित्व प्रकाशनका अध्यक्ष केशव पराजुलीले गर्नु भएको थियो भने उदघोषण सरोज घिमिरेबाट भएको थियो ।

एक घण्टाभन्दा कम अवधिमा सम्पन्न भएको उक्त कार्यक्रममा स्रष्टा सर्जकहरू रमेश खकुरेल, नरेन्द्रबहादुर श्रेष्ठ, सानुराजा अञ्जान, प्रतीक घिमिरे, रामप्रसाद पन्त, राजेश खनाल, जयदेव भट्टराई, धीरेन्द्र प्रेमर्षी, गोविन्दबाबु तिवारी, किशोर पहाडी लगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x