बद्रीप्रसाद दाहाल ‘भस्मासुर’गुजी-दर्शन
जिन्दावाद ! ‘मवाद’ ठान्दछु सधैं, थाङ्ना पुराना अरु । मुर्दावाद ! रहेछ वाद जति छन्, ‘मैवाद’ मीठो बरू ।। जे छन् ‘वाद’ सबै विवाद—लफडा, ‘मैवाद’ हो उत्तम । ‘सत्ता’ चढ्नु जसै गरेर मनुवा, यै हुन्छ सर्वोत्तम ।

गल्ती घोर—अघोर गर्दछु सधैं, माग्दिन्छु माफी अनि ।
आवेगी लचिलो छलाङ ननिको, मार्दिन्छु जैले पनि ।।
बोल्देँ सूर्य त चन्द्र हुन् दिन निशा, श्रीराम हुन् रावण ।
कानो गोरु बनेर देख्दछु सधैँ यै चैतमा, श्रावण ।। १।।
व्याख्या गर्दछु अक्कली मगजले, को सक्कली—नक्कली ।
‘सत्ता नीति’ चलाउने नियममा, वाराङ्गना-छक्मली ।।
इच्छा पूणर् गराउँछन् यदि भने, मिल्दिन्छु त्यै- त्यैसित ।
मा.मा.वाद त अन्त्य गर्दछु यहाँ, ‘मैवाद’ मेरो मित ।। २ ।।
जिन्दावाद ! ‘मवाद’ ठान्दछु सधैं, थाङ्ना पुराना अरु ।
मुर्दावाद ! रहेछ वाद जति छन्, ‘मैवाद’ मीठो बरू ।।
जे छन् ‘वाद’ सबै विवाद—लफडा, ‘मैवाद’ हो उत्तम ।
‘सत्ता’ चढ्नु जसै गरेर मनुवा, यै हुन्छ सर्वोत्तम ।। ३।।
पुत्ला बन्न सकार्छु दर्शन मर्यो, खुट्टा परे ढोग्दछु ।
भुत्लाभुत्ली गरे हकार्दछु यहाँ, टुक्कासितै खोक्दछु ।।
आस्था मूल्य र मान्यता सब ढलून्, सत्ता छ मेरो रूचि ।
धाकै धाक रबाफ पोख्दछु सधैँ, मान्छन् सबैले गुजी ।। ४।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































