साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इख

फत्तुरको दोषारोपणले शान्तिदेवी भित्रभित्रै जलिरहेकी थिइन् । गुहुमुत गरेर हुर्काएको देवर बेहुलो भएको हेर्ने मन थियो । जन्ती गएपछि मन खोलेर रत्यौली खेल्ने मन थियो । नयाँ देउरानीको निर्दोष र लज्जालु मुहार हेर्दै जिस्क्याउने मन थियो ।

Nepal Telecom ad

कथी भेलै, कथी भेलै भन्दै बुथरको आँगनमा मानिसहरू भेला हुँदा थिए । आँगनको बीच भागमा बुथरको रक्तमुच्छेल लास ढलिरहेको थियो । नजिकै रगतले लतमतिएको बञ्चरो तेर्सिरहेको थियो ।

“हमर पोतापोतीके पठा दे लेकिन तु नई या । तुँ एबही त हमर गौवाँसभ नई एतै ।” ससुरा बुथरले शान्तिदेवीलाई ठाडै भने ।

बुथरले कान्छो छोराको विवाह विराटनगरमा गर्ने भएका थिए । विवाहको सम्पूणर् चाँजोपाँजो मिलाइसकेको थियो । उनीहरूले छोराछोरीलाई बिहेमा पठाउन तर आफू भने नआउन भनिरहेका थिए शान्तिदेवीलाई । बेइज्जतको भारी बोकेको कारण शान्तिदेवी आउँदा गाउँलेहरू नआउने बताइरहेका थिए ।

बुथर दम्पतीले थोरै अंश दिएर छुट्याइदिएका थिए रामेश्वर र शान्तिदेवीलाई । उनीहरूले विवाहमा पाएको दाइजो पनि सासूससुराले नै लिएका थिए । यसबाट चित्त दुखेको थियो रामेश्वर र शान्तिदेवीको ।

यी दुबै पक्ष एकापसका विरोधी बनेका थिए । एकले अर्काको खुट्टा तानातानको खेल खेलिरहेका थिए ।

रामेश्वर धन आर्जनमा मलेसिया पुगेका थिए । यता शान्तिदेवी सासूससुरालाई शोषकको उपमा भिराउँथिन् । उता सासूससुरा भने दिनदिनै सुत्ने लोग्ने फेर्ने आइमाई भन्थे शान्तिदेवीलाई । कुलको इज्जत लिलाम गर्ने भई भन्थे उनीहरू ।

फत्तुरको दोषारोपणले शान्तिदेवी भित्रभित्रै जलिरहेकी थिइन् । गुहुमुत गरेर हुर्काएको देवर बेहुलो भएको हेर्ने मन थियो । जन्ती गएपछि मन खोलेर रत्यौली खेल्ने मन थियो । नयाँ देउरानीको निर्दोष र लज्जालु मुहार हेर्दै जिस्क्याउने मन थियो ।

“यी सबैबाट बन्चित हुनुपर्दाको रोष ससुरामाथि बज्रिएको हो कि ?” मानिसहरू आशङ्का व्यक्त गरिरहेका थिए ।

२०७९।२।२० सिर्जना कुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x