सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तरङ्ग जनप्रिय साहित्य शृङ्खला सुरुवात

यस शृङ्खलामा विद्यार्थीहरूको माझमा शिक्षकहरूको रचना वाचन गरिएको थियो ।

Nepal Telecom ad

हेटौंडा, भाद्र १०, २०७९ । जनप्रिय माध्यमिक विद्यालयमा साहित्यिक गतिविधि वृद्धि हुँदै गइरहेको छ । यसैक्रममा शुक्रबार कक्षा समापनपछि तरङ्ग जनप्रिय साहित्यको पहिलो शृङ्खला सम्पन्न भएको छ ।

यस शृङ्खलामा विद्यार्थीहरूको माझमा शिक्षकहरूको रचना वाचन गरिएको थियो । विद्यार्थीहरूलाई साहित्य लेखनमा रुचि जगाउने उद्देश्यले शिक्षकहरू नै अगुवा हुनुपर्ने कारणले यो कार्यक्रमको सुरुवात गरिएको प्राविधिक तहका संयोजक सुजन कँडेलले बताउनु भयो ।

विद्यार्थीहरूका लागि कक्षामैँ दैनिक पत्रिका पढ्ने, पत्रपत्रिकामा लेखनका लागि हौसला, सरसहयोगका वातावरण रहेको र विभिन्न साहित्यिक प्रतियोगिताहरूमा सकृय सहभागिता जनाउने गरेका छन् ।
यस कार्यक्रम विद्यार्थीलाई सुन्ने कार्यक्रमका रुपमा राखिएको र आउँदा कार्यक्रममा विद्यार्थीका रचनाहरूलाई जोड दिइने र अनुभवी व्यक्तिहरूबाट कार्यशालाको तयारी समेत गरिएको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनु भयो ।

प्रधानाध्यापक नमराज अर्यालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा रचना वाचनलाई मात्रै जोड दिइएको कार्यक्रम सञ्चालक सुनिल गौतमले बताउनु भयो । कार्यक्रममा प्रधानाध्यापक नमराज अर्याल लगायत शिक्षकहरू कल्याणकृष्ण प्याकुरेल, सुनिल गौतम, सुजन कँडेल, संप्रस पौडेल आदिको रचना वाचन तथा शिक्षक नवराज लम्सालको क्यारिकेचर रहेको थियो ।

०००
– संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad