साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज प्रतिष्ठानको ५२ औँ रचना वाचन

भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनको ५२ औँ शृङ्खला शनिबार दिउँसो २ बजे वालिङ -६, मिर्दीमा रहेको नेचुरल भ्युपोइन्ट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

Nepal Telecom ad

वालिङ, भदौ २५, २०७९ । भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनको ५२ औँ शृङ्खला शनिबार दिउँसो २ बजे वालिङ -६, मिर्दीमा रहेको नेचुरल भ्युपोइन्ट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. अच्युतशरण अर्यालले अब किशोर साहित्यलाई पनि यस्ता कार्यक्रमहरूमा जोड्नु पर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो । उहाँले यसै कार्यक्रममा किशोर साहित्य सिद्धान्त र पृष्ठभूमि शीर्षकमा कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कवयित्री वसन्ती अधिकारीले ‘विछोड’, कवि त्रिविक्रम अर्यालले ‘जागजाग’, मिलन समीरले ‘प्रिय दुश्मन’, शम्भु अर्यालले ‘बा नहुनु’, सीताराम अधिकारीले ‘त्यसै भइन्न नेता’, कमल बगालेले ‘नयाँ नेपाल’ शीर्षकका कविताहरू सुनाउनु भएको थियो ।

यसै कार्यक्रममा गोपाल जिटीले ‘किसान’ शीर्षकको गीत र लेखनाथ काफ्लेले गजल सुनाउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले गर्नुभएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए । धन्यवाद ज्ञापन प्रतिष्ठानका आजीवन सदस्य गोपाल पौडेलले गर्नु भएको थियो ।

०००
-श्याम ढुङ्गाना, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x