साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबाको बर्थ डे

बुढेसकालका हजुरबालाई लट्ठी दिँदै उपहार । मोबाइलमा सेल्फी लिँदै गरे सबले नमस्कार । बाआमा नि रमाए केटाकेटी रमाए । खुसी हुँदै हजुरबाको ‘ह्याप्पी बर्थ डे’ मनाए ।

Nepal Telecom ad

के-के देख्न परेको हो अहिले हाम्रा पालामा
सेतो किरिम दल्देछन् हजुरबाका गालामा

फोन गरेर साथीभाइ सबैलाई जुटाउँदै
इस्प्रे छर्दै, झिरिर्र पार्टी पपर्स फुटाउँदै
केटाकेटी रमाएर इङ्लिस गीत गाएछन्
सोलीजस्तो चुच्चे टोपी हजुरबाले लाएछन्

केटाकेटी मिलेर यस्तो मौका छोपेका
नाङ्लो जत्रो केक मगाई मैनबत्ती रोपेका
दियो बाल्ने हजुरबालाई कम्ती आपत् परेन
निभाउँदा मैनबत्ती धन्नै आँसु झरेन

बुढेसकालका हजुरबालाई लट्ठी दिँदै उपहार
मोबाइलमा सेल्फी लिँदै गरे सबले नमस्कार
बाआमा नि रमाए केटाकेटी रमाए
खुसी हुँदै हजुरबाको ‘ह्याप्पी बर्थ डे’ मनाए ।

०००
भोर्लेटार, लमजुङ
(२०७७/०५/१९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x