साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण

अन्तर विद्यालय एक दिवशीय “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” मा नवसुन्तखान मा.विका.सरिना भारती प्रथम हुनुभएको छ ।

Nepal Telecom ad

काठमाडौ, भदौ २६ गते । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित अन्तर विद्यालय एक दिवशीय “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” मा नवसुन्तखान मा.विका.सरिना भारती प्रथम हुनुभएको छ ।

त्यसरी नै अरुणोदय माविका छात्रा एलिसा मगर द्वितीय तथा नवसुन्तखान माविकै छात्रा अस्मिता गिरी तृतीय भएका छन् । सोही प्रतियोगितामा सेन्टेनियल मावि र उत्तरवाहिनी स्कुलका छात्रद्वयले सान्त्वना पुरस्कार प्राप्त गरे ।

गोकणर्ेश्वर नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२ जना प्रतियोगी विद्यार्थीहरूद्वारा लेखिएका बालकथाहरूको मूल्याङ्कन बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल र गोमा प्रसाईले गर्नुभएको हो । आयोजक संस्थाकै सभाकक्षमा आयोजित कार्यक्रमको प्रथम चरणमा कथा लेखन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको थियोे भने दोश्रो चरणमा स्थलगत कथा लेखन प्रतियोगिता र तेस्रो चरणमा पुरस्कार अर्पण कार्यक्रम भएको थियोे । कार्यक्रममा सहभागी तथा उत्कृष्ट पाँच सहभागीलाई प्रोत्साहनस्वरूप प्रमाण-पत्र, नगद पुरस्कार अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कारको रकम क्रशः ५,४,३ हजार र सान्त्वना दुईजनालाई १५/१५ सय रूपैयाँ प्रदान गरियो । प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक वसन्त रिजाल र सदस्य रामप्रसाद पौडेलद्वारा सभापतित्व गरिएको कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, नगरपालिका वडा नं.९ का अध्यक्ष राजिव थापा, प्रतिष्ठानका महासचिव विजय चालिसे, गङ्गा कर्माचार्य, कल्पतरु द्वैमासिकका सम्पादक नवराज पुडासैनी र रेहित सैजु, कार्यक्रम सहजकर्ता सुशील आचार्य, आलोक चालिसे, पुरस्कृत विद्यार्थी प्रतिनिधिद्वय सरिना भारती र अभिसेक सिग्देल लगायतले आआफ्नो विचार राख्नुभएको थियोे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x