साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास कविता महोत्सव २०२२ मा कवि अजित प्रथम

नेसास कविता महोत्सव २०२२ मा अबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

Nepal Telecom ad

अनेसास कविता महोत्सव २०२२ मा अबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ । राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिवार आयोजित कार्यक्रममा ३१८ कवितालाई पछि पार्दै उनले नगद ५ सय अमेरिकी डलरसहितको पुरस्कार प्राप्त गरेका हुन् ।

यसैगरी काठमाडौँकी राधिका कल्पितको ‘सन्तानका लागि सङ्कल्प’ कविताले नगद ३ सय अमेरिकी डलरसहितको द्वितीय पुरस्कार प्राप्त गरेको छ भने रामेछापका कवि विक्रमपवन परियार, अमेरिकाका कवि कोमलप्रसाद भट्ट र दुराडाँडा, लमजुङका कवि प्रज्वल अधिकारीका कविताले २ सय अमेरिकी डलर राशीको तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ६७ जना प्रतियोगी कविले अन्तिम प्रतिस्पर्धाका लागि जूमका माध्यमबाट कविता वाचन गरेका थिए ।

प्राप्त कविता मध्ये ६७ जनाको कविताको मूल्याङ्कन अनेसासका सल्लाहकार गोविन्द गिरी प्रेरणा, साहित्यकार प्रभा भट्टराई र कवि भीष्म उप्रेतीको निणर्ायक मण्डलले गरेर पाँच कवितालाई पुरस्कृत गरेको हो ।

तीर्थराज अधिकारी, रोहिणी शर्मा, पदम विश्वकर्मा, पुरू सुवेदी र ईश्वरी भट्टले पुरस्कारलाई प्रायोजन गरेका थिए भने कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, सल्लाहकार प्रतीक ढकाल, गोविन्द गिरी प्रेरणा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, सचिव दीप पाठकलगायतले मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रम सञ्चालन गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा मातृवियोगमा रहेका कारण अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x