साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘शारदा मासिक’ स्वर्ण महोत्सव विशेष अङ्क’ लोकार्पण

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको “अमृत महोत्सव”को अवसरमा बधाई ज्ञापन र ‘शारदा मासिक’को साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अङ्कको लोकार्पण समारोहको आयोजना गर्‍यो ।

Nepal Telecom ad

‘शारदा मासिक’ स्वर्ण महोत्सव विशेष अङ्क’ लोकार्पण
साहित्यिक पत्रकार संघले आज २०७९ असोज ९ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठको “अमृत महोत्सव”को अवसरमा बधाई ज्ञापन र ‘शारदा मासिक’को साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अङ्कको लोकार्पण समारोहको आयोजना गर्‍यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो समारोहका प्रमुख अतिथि वरिष्ठ कवि एवं संस्कृतिविद तुलसी दिवसले शारदा मासिक साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अङ्कको लोकार्पण गर्नुभयो । प्रमुख अतिथि दिवसले सापसका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई “अमृत महोत्सव”को अवसरमा “बधाई पत्र” प्रदान गर्नु भयो । यसैगरी स्रष्टा समाज नेपालका नवनिर्वाचित अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनलाई साहित्यिक पत्रकार संघको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष राधेश्याम लेकाली विशेष अतिथिहरू वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ नाट्यकर्मी एवं साहित्यकार अशेष मल्ल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष साहित्यकार मातृका पोखरेल, “शारदा मासिक” सम्पादक साहित्यकार विमल भौकाजी, सापस पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष नीरु श्रेष्ठलगायत विभिन्न विशिष्ट साहित्यकारहरूको विशेष उपस्थिति रहेको
थियो ।

अतिथिहरूलाई साहित्यिक पत्रकार संघको स्वणर् महोत्सवको लोगो भएको मायाको चिनो प्रदान गरिएको सो कार्यक्रमको संचालन सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x