साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो एक खोस्टो अहो ! संविधान !!

भए राजनेता घरैका जहान रहे दीनका दर्द उस्तै पुराण ! कहाँ स्वर्ग खै ? दर्दका छन् सिरान भयो एक खोस्टो अहो ! संविधान !!

Nepal Telecom ad

सधैँ होस् थियो चाहना यो सिरान
समस्या सबै मुक्त हुन् यी जहान !
म अग्लो दरो हौँ पहाडी मुहान
भयो एक खोस्टो अहो!संविधान !!

बगे रक्तधारा गए जिन्दगानी
न बाबा न आमा रहे क्वै निसानी !
न छोरा न छोरी भए क्वै मुहान
भयो एक खोस्टो अहो ! संविधान !!

म मेरा सबै स्वार्थ बिर्सी गएँथेँ
हुँ स्वाधीन ठानेँ र पीडा सहेँथेँ !
थिए दर्द लाखौँ र आयो बिहान
भयो एक खोस्टो अहो ! संविधान !!

म नारा बनेको धरा साफ पार्न
र नेता उदाए झिकी सान झार्न !
बिगार्ने र झार्ने बनाई चिहान
भयो एक खोस्टो अहो!संविधान !!

लगाएँ जगाएँ र बेर्ना सजाएँ
छ झारी लगी यो झरीझैँ नुहाएँ !
परेँ मख्ख आफैँ र खोजेँ सिरान
भयो एक खोस्टो अहो ! संविधान !!

धराधार आफैँ पगाहा भएँछु
उता टेक्न खोज्दा यता पो रहेँछु !
विजेता न नेता भिखारी रछान
भयो एक खोस्टो अहो!संविधान !!

कतै दुष्ट होलान् कहाँ सोच भो यो
कतै घात गर्लान् कहाँ सम्झना भो ?
फुलाएर छाती म खोज्थेँ बिहान
भयो एक खोस्टो अहो ! संविधान !!

म सोधूँ मलाई कि खोजूँ मलाई
ममा छैन मैझैँ दिऊँ के दुहाइ !
अरे,स्वप्नझैँ भो छ साझा चिहान
भयो एक खोस्टो अहो!संविधान !!

भए राजनेता घरैका जहान
रहे दीनका दर्द उस्तै पुराण !
कहाँ स्वर्ग खै ? दर्दका छन् सिरान
भयो एक खोस्टो अहो ! संविधान !!

०००

कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x