साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘झुमर’माथि विमर्श

आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा सम्रिन क्षेत्रीको उपन्यास झुमरमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

असोज १०, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा सम्रिन क्षेत्रीको उपन्यास झुमरमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भएको उक्त कार्यक्रममा वक्ताहरू घनश्याम घिमिरे, नीरा शर्मा र छवि अनित्यले बोल्नु भएको थियो ।

आँचल साहत्यि कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्जक सञ्जाल, मकवानपुरका संयोजक निमेष निखिल प्रमुख अतिथि तथा वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल विशिष्ट अतिथि रहनु भएको थयिो ।

कार्यक्रममा औपन्यासिक कृति झुमरका पाठकहरूको विचार समेत सुन्ने व्यवस्था गरिएको थियो । सर्जकहरू प्रलेस केन्द्रीय सदस्य मसान उपासक, सुवास खनाल, देवराज तिवारी, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने आदिले शुभकामना मन्तव्य तथा कृतिमाथि आफ्ना धारण व्यक्त गर्नु भयो ।

समीक्षक घनश्याम घिमिरेले यस उपन्यासमा नौलोपन दिने प्रयास गरिएको, कथावस्तुलाई शीर्षकबीचमा व्यवस्थापन गरिएको तथा जाँदाजाँदै भन्दै कथा सुहाउँदो प्रस्तुति उपन्यासको अन्त्यतिर लेखकले उल्लेख गरेको बताउनु भयो । साथै उहाँले अप्ठेरो शब्दको प्रयोगभन्दा पनि सजिला शब्द वा भाषालाई अप्ठेरो स्थिति वा तरिकाले लेखनमा उतार्नु लेखकको मूख्य विशेषता बताउनु भयो ।

वक्ता तथा पाठकहरूका जिज्ञासालाई उपन्यासकार क्षेत्रीले प्रष्ट पार्नु भएको थियो भने उहाँले मकवानपुरमा महिलाहरूद्वारा स्थापित आँचलले मनै लोभ्याएको र यस्तो संस्था अन्यत्र नदेखेको बताउनु भयो ।

आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालले पहिलो उपन्यासका लागि शुभकामना तथा उपन्यासमा पढेकी युवतीले प्रेममा अन्धो भएर नै सम्बन्धविच्छेदपछि पनि श्रीमानको सम्पत्ति नलिइकन बेगल बस्ने ईच्छाले नै उनलाई झुमरकी नायिकाका रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । कार्यक्रम समापनपछि उपन्यासकार क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित उक्त कार्यक्रम सबिता तमिल्सिनाले सञ्चालन गर्नु भएको थियो ।
०००
– संप्रस पौडेल, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x