साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वका ५सय प्रतिस्पर्धीबाट छानिनुभो चट्याङ मास्टर

टोलीले काम गर्ने कार्यक्रमलाई स्वास्थ्य बुढ्यौली ५० नाम दिइएको छ । विश्वका ५०० प्रतिस्पर्धी मध्येबाट छानिएका उक्त नेतृत्वको टोलीमा नेपालबाट कृष्णमुरारी गौतम रहनुभएको छ ।

Nepal Telecom ad

काठमाडौं, १० असोज २०७९ । पाको उमेरमा स्वास्थ्य जीवन जउिन योग्य विश्व निर्माणको उद्देश्य लिएर विश्वभरिबाट ५० जनाको नेतृत्व टोली गठन गरिएको छ । म्याड्रिड इन्टरनेशनल प्लान अफ एक्सनको २० औँ वार्षिक उत्सव तथा संयुक्त राष्ट्र सङ्घको स्वस्थ बुढ्यौली दशक कार्यक्रम (२०२१-२०३०) को दोस्रो वार्षिक उत्सवको अवसरमा उक्त नेतृत्व टोली गठन गरिएको हो ।

टोलीले काम गर्ने कार्यक्रमलाई स्वास्थ्य बुढ्यौली ५० नाम दिइएको छ । विश्वका ५०० प्रतिस्पर्धी मध्येबाट छानिएका उक्त नेतृत्वको टोलीमा नेपालबाट कृष्णमुरारी गौतम रहनुभएको छ । उहाँ एजिङ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ । स्वस्थ बुढ्यौली ५० कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (आइयलओ), अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू), अन्तर्राष्ट्रिय मानव अधिकार आयोग (ओएचसएिचआर)८०, संयुक्त राष्ट्र संघ आर्थिक र सामाजिक विभाग (युएनडेसा), विश्व आर्थिक फोरम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गरिएको हो ।

विश्व स्वास्थ्य सङ्घका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको अनुसार यस कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य जीवन कायम राख्नका साथै सक्रिय बुढ्यौली जीवन बिताउन प्रभावकारी नीति तथा कार्यक्रम बनाउन महत्त्वपूणर् भूमिका निर्वाह गर्ने बताउनुभयो ।

फित्कौली डटकमका सल्लाहकार चट्याङ मास्टरलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौं ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x