साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दमकमा देवकोटा जयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

Nepal Telecom ad

दमक, झापा ७ कार्तिक, २०७९ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । त्यस अवसरमा दमकमा रहेको महाकवि देवकोटाको सालिकमा माल्यार्पण गर्नुका साथै उनको जीवनी माथि चर्चा गरिएको थियो ।

सालिकमा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापा, साहित्यकार युवराज नयाँघरे, खेमलाल पोखरेलसहित साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूले माल्यार्पण गरेका हुन् । माल्यापणर् पछि दमकस्थित पशुपति सेवा सदनमा दमक प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संघसंस्थाहरूले आयोजना गरेको देवकोटा जयन्ती विशेष समारोहमा देवकोटाको साहित्यसँगै मुलुकको हितमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । त्यसक्रममा साहित्यकार तथा प्राध्यापक भूमीप्रसाद दाहालले महाकवि देवकोटाले नेपाली साहित्यसँगै मुलुकको हितमा पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाल कलाकार रियाज रिजालले महाकवि देवकोटाको रचना वाचन गरेर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन विष्णु नेउपानेले गरेका थिए । देवकोटाका कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपालीभाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।

विसं. १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनकालमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।

साहित्य कलाको रचना वाचन
साहित्य कला सङ्गम दमकले एक कार्यक्रका वीच रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको पहिलो शुक्रवार सञ्चालन हुने उक्त रचना वाचन कार्यक्रमा दुई दर्जन बढी श्रष्टाहरूले वाचन गरेका थिए । साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने, उपाध्यक्षहरू विन्दु दहाल ‘मुकदर्शक’ र यादवप्रसाद अधिकारी, सचिव विवश बलिभद्र कोइराला, सहसचिव हरि पराजुली, कोषाध्यक्ष ओमप्रसाद खनाल र सदस्यहरू गोपालप्रसाद दहाल, ओम प्रकाश गौतम, डिल्ली निरौला लगायतले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा अभिनव साहित्य समाज काठमाडौंका सचिव पर्शुराम पराजुली (परासर) र सहकोषाध्यक्ष शारदा पराजुलीले रचना वाचन गर्नुका साथै नवनासो साहित्य प्रतिष्ठान धरमपुरकाका अध्यक्ष दिलिप घिमिरे, प्रेम आचार्य, भगवती दवाडी, मेघनाथ बन्धु, लता खनाल (मिश्र) ले समेत रचना वाचन गरेका थिए ।

कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव बिवश बलिभद्र कोइरालाले गरेका थिए ।

०००
-विन्दु दहाल मुकदर्शक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x