साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

धरा मिल्दिनाले, रमाएछ मान्छे । झुटो बात गर्ने, कलामा छ मान्छे । धनी बन्छु भन्ने, नशामा छ मान्छे । उसै मर्नु पर्ने, दशामा छ मान्छे ।

Nepal Telecom ad

फुँदा धेर गाँस्दै, गफी बन्छ मान्छे ।
प्रभा छर्छु भन्दै, निशा रोप्छ मान्छे ।।
कला छैन राम्रो, उसै नाच्छ मान्छे ।
व्यहोरा छ रूखो, छुरा बन्छ मान्छे ।।-१

निया ज्ञान शिक्षा, सुधा त्याग्छ मान्छे ।
दया धर्म माता, पिता तोड्छ मान्छे ।।
दियो त्राण माया, भने मात्छ मान्छे ।
बन्यो बेइमानी, घृणा दिन्छ मान्छे ।।-२

खुबै यत्न गर्दै, तृषा पाल्छ मान्छे ।
सुखी बन्न खोज्दा, दुखी बन्छ मान्छे ।।
रिसाएर बोल्दै, दशा डाक्छ मान्छे ।
बिराएछ बाटो, भने गिर्छ मान्छे ।।-३

प्रिया दाउ थाप्दै, जुवा खेल्छ मान्छे ।
सुधा भूमि माता, जया तोड्छ मान्छे ।।
हिरा रत्न मोती, मुगा धर्छ मान्छे ।
मरी स्वर्ग जाँदा , सबै छोड्छ मान्छे ।।-४

धरा मिल्दिनाले, रमाएछ मान्छे ।
झुटो बात गर्ने, कलामा छ मान्छे ।।
धनी बन्छु भन्ने, नशामा छ मान्छे ।
उसै मर्नु पर्ने, दशामा छ मान्छे ।।-५

०००

वि.न.पा.-४, बट्टार, नुवाकोट
हाल, का.म.न.पा.-१६, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x