साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध र रोगी भएपछि आफ्ना पनि आफ्ना हुँदैनन् !!

जबसम्म काम गर्न सक्यो, आफ्नो जीउमा बल तागत भयो, कमाएर परिवारलाई पैसा दिन सक्यो त्यतिबेलासम्म सबैको प्यारो ।

Nepal Telecom ad

राघब बाले छोरीलाई खोजीरहे, सोधिरहे आफू बिरामी भई अस्पतालमा रहँदासम्ममा पनि । बृद्धाश्रममा बा राघब श्रेष्ठ पहिलादेखिनै चुपचाप बस्दथे । कसैसँग केहि कुरा गर्दैनथे । आफूसँगैका बाहरूसँग चाहि अलि अलि गफ गर्थें । खाना, खाजा बोलाएपछि मात्रै लिन आउँने गर्थें । म खाना, खाजा खान बोलाउन जाँदा तिमीले खायौ नानी ? आफूले पनि खानुपर्छ ल भन्नुहुन्थ्यो । उनलाई छारे रोग, प्रेसरको रोग, अलिअलि डिप्रेसन पनि थियोे । एकाएक उनी टोलाउने, एक्लै बस्ने, एकोहोरो हुने गर्नथालेका थिए । त्यस्तैमा एकदिन बिहान बाथरुममा जाँदा लडेछन् छारे रोगको कारणले । आश्रमका सबै मिली सल्लाह गरेर बीरअस्पतालमा लग्यौँ ।

मनु म्याम र मैले अस्पतालमा पुराउन्जेलसम्म पनि उनको अवस्था एकदम नाजुक अवस्था रहेको थियोे । ईमर्जेन्सी रुममा राखेर भर्ना गरौ । दिनभरिको उभ्याइ अनि दौडधुपले शरीर गलेको थियो तर पनि बालाई सिटी क्यान, छातीको एक्सरे, ईको आदि गराइयो । रिपोर्ट बेलुका ४, ५ बजे आयो, उनको टाउकोको नसा सुकेको रहेछ अनि छारे रोगले च्यापेको रहेछ ।

अस्पतालमा लैजानुभन्दा अगाडि राघब बाको छोरीलाई फोन गरेका थियौं तर बाकी छोरीले फोन उठाइनन् । बा छोरीलाई सारै माया गर्थे । बेला बेलामा छोरीलाई म फोन गरिरहन्छु भन्थे बा तर बा सारै बिरामी पर्दा अस्पताल लानुपर्छ, स्याहारसुसार गर्नुपर्छ, खर्च गर्नुपर्छ भनेर छोरीले फोन उठाइनन् । बाको उनी एकमात्रै सन्तान हुन् ।

बालाई त्यो दिन अस्पतालले भर्ना लियो । बा बेडमा निर्जीब मुढो जस्तो देखिन्थे । मैले उठाई, उठाई बालाई पानी, चिया बिस्कुट खुवाइरहन्थेँ । कहिले औषधी, कहिले खाजा, कहिले रिपोर्ट अनि कहिले निशुल्क उपचारको कागजपत्र मिलाउन दौडिरहनुपर्थ्याे मलाई ।

आश्रममा बसेर काम गर्नुभन्दा पनि एउटा बिरामीलाई अस्पतालमा लगेर उपचार गराउन निकै गाह्रो काम हो, गाह्रो हुने नै भयो । बाका आफ्नै दाइ बेलुका बालाई कुर्न आउँथे । उनलाई फोन गर्दा उनले चाहिँ आएर हामीलाई निकैनै सहयोग गरेका
थिए । बिरामी बा मलाई सोध्ने गर्दथे- खै मेरी छोरी आइनन् ?, मेरी श्रीमती आइनन् ? बाको प्रश्न सुनेर म निकैनै भावविव्हल हुन्थेँ । मैले के भन्ने के नभन्ने ! कति निष्ठुरी हुन्छन् परिवार अनि तिनको मनोभावना ।

नसक्ने अबस्थामा अनि बिरामीले परिवार नै खोज्नेरहेछ मनले । बाले पनि सधैं परिवारलाई नै खोजिरहे तर उनीहरू कहिल्यै पनि आएनन् आफ्नो श्रीमानलाई हेर्न, आफ्नो बाबालाई हेर्न । बालाई अस्पतालमा हप्ता दिन राख्दासम्ममा पनि उनीहरू आएनन् । मैले बाका दाइलाई सोधेँ- बुबा किन बाका श्रीमती, छोरी भेट्न नआएका हुन् त ? उनले भने- पहिला कमाउने हुन्जेल, जीउमा बल हुन्जेल, रोगी नहुन्जेल, सम्पत्ति कमाइदिँदासम्म सबैको प्यारो भयो ऊ । जब कमाउन सकेन, रोगी भयो अनि सम्पत्ति आफ्नो हातमा लिएर घरबाट निकालिदिए परिवार मिलेर ।

हाम्रो घरघरको कथा, व्यथा हो यो- बृद्धा बाबा, आमालाई निक्कैनै सारो, गाह्रो छ । जबसम्म काम गर्न सक्यो, आफ्नो जीउमा बल तागत भयो, कमाएर परिवारलाई पैसा दिन सक्यो त्यतिबेलासम्म सबैको प्यारो । जब शरीर क्षीण बन्दै गयो, काम गर्न नसक्ने अवस्थामा पुग्यो, अनि छोराछोरी, बुहारी नातिनातिनाको हेला हुनुपर्छ । बृद्वा हुनु प्रकृतिको नियम हो यसलाई कसैले रोकेर रोक्न सक्दैन ।

त्यसैले बृद्ध भएका आफ्ना भगवान् रुपी बाबा, आमालाई काम गर्न सक्दा मात्रै होइन उनीहरू बिरामी परेर थलिएर बिछ्यौनामा पर्दा पनि हामीले उहाँहरूको उचित स्याहारसुसार, रेखदेख गरौँ, माया, ममता तथा मनभरिको स्नेह दिइराखौँ ता कि उहाँहरूको मन आत्माले हामीलाई सधैं आर्शिवाद दिइरहुन् ।

जय होस् बृद्ध बा आमाको ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x