साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेचीनगरमा देवकोटा जयन्ती सम्पन्न

सुसेली साहित्यिक परिवारले देवकोटा पार्क, काँकरभिट्टामा महाकवि देवकोटाको ११४ औं जन्मजयन्तीको कार्यक्म भव्य रुपमा सम्पन्न गर्‍यो ।

Nepal Telecom ad

झापा, ०७०, कार्तिक ८ । सुसेली साहित्यिक परिवारले देवकोटा पार्क, काँकरभिट्टामा महाकवि देवकोटाको ११४ औं जन्मजयन्तीको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्‍यो ।

सुसापका सहसचिव मदन अधिकारीले सञ्चालन, अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट आतिथ्य मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख मिना उप्रेती, प्राज्ञसभासद सुभद्रा अर्याल, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, ६ नं. वडाका वडाअध्यक्ष ललित तामाङ, बुद्धशान्ति साहित्य तथा सांस्कृतिक परिवारका अध्यक्ष शिवकुमार पौडेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष तथा सुसेलीका सल्लाहकार कृष्णप्रसाद उप्रेती, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, लेखनाथ पुस्तकालयका अध्यक्ष हरिप्रसाद नेउपानेकोको समेत आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथिबाट महाकविको प्रतिमामा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले तथा महाकवि देवकोटाको व्यक्तित्व परिचय मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलले गर्नुभएको थियो ।

कवि वाचन गोष्ठी पनि भएको कार्यक्रममा कविहरू डा. खगेन्द्रप्रसाद दाहाल, तोयानाथ दाहाल, विनोद खनाल, देवेन खरेल, हरिप्रसाद नेउपाने, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, महेन्द्र दुरगामी भट्टराई, दुश्यन्त भट्टराई, भूवन सुब्बा खरेल, सन्देश प्रसाईं, वेनु पनेरु, जय भण्डारी, गणेश निरौला, मिरा काफ्ले पोखरेल, मिना अधिकारी, लक्ष्मीअच्युत ढुङ्गाना, मुनामाया राना, ज्ञानेन्द्र ढुङ्गाना, मदन अधिकारी आदिले कविता तथा गजल वाचन गर्नुभएको थियो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई तथा प्रमुख अतिथिले मन्तव्य राख्नुभयो । अध्यक्ष पुण्यप्रसाद खरेलले संक्षिप्त आफ्ना भनाइ र सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा सञ्चारकर्मीहरू मोहनकाजी, अम्बिका भण्डारी, लक्ष्मी उप्रेती, विनोद राजवंशी, बाहुनडाँगीका पूर्व गा.वि.स अध्यक्ष नीलकण्ठ तिवारी, सुसेलीका सल्लाहकार भीम खवास, फोटोकर्मी राजीव गौतम, अपेक्षा चौंलागाई, कमला दाहाल, सुमित्रा खरेल, मेची क्याम्पसका सहप्राध्यापक चूडामणि वाशिष्ठ, सुसापका सचिव कनक कार्की, सम्पादक विजय खरेल, कल्पना ओली, ज्ञानेन्द्र ढुङ्गाना, खरेल वंशका अध्यक्ष भीष्म खरेल आदिको उपस्थिति थियो ।

०००
-पुन्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x