साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युद्ध गीत प्रतियोगितामा स्रष्टा तिला लेकाली प्रथम

विश्व नेपाली साहित्य महासंघ पश्चिम युके र विश्व नेपाली साहित्य महासंघ दक्षिण युके शाखाहरूको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी तथा युद्धगीत सम्पन्न भएको छ ।

Nepal Telecom ad

लन्डन, २०७९ कार्तिक २८ । विश्व नेपाली साहित्य महासंघ पश्चिम युके र विश्व नेपाली साहित्य महासंघ दक्षिण युके शाखाहरूको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी तथा युद्धगीत सम्पन्न भएको छ ।

शनिवार गोर्खा भिक्टोरिया क्रस विजेताहरूको सम्झना गर्दै भर्चुअल रुपमा जुमबाट सो कार्यक्रम सम्पन्न भएको हो । युद्ध साहित्यलाई प्रवर्धन गर्ने हेतुले आयोजित अन्तर्राष्ट्रिय स्तरको युद्धगीत प्रतियोगितामा प्रथम स्थान तिला लेकाली, मोरङ, दोस्रो स्थान निनाम प्रणे थुलुङ, काठमाडौं, तृतीय स्थान गायत्री लम्साल, इटहरी र सान्त्वना स्थान युकेका प्रतिमा केसी र चिम्खोले काइँलाले ओगटे । प्रतिगोगितामा ४२ जना गीतकारको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरूलाई शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान, ढोर जस्पुर तनहुँद्वारा नगद पुरस्कार प्रायोजन गरिएको थियो । शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुर तनहुँ बेलायत शाखाका संयोजक लेख गुरुङले वि.स १८२४ असोज १५ गते सिन्धुली गढीका युद्धका नायक युद्व विजेता, बन्दुक र हतियारसहित सुसज्जित अङ्ग्रेज सेना क्याप्टेन किनलकको नेतृत्वमा आएको सेनालाई एशियाको भूमिमा पहिलो पल्ट पराजयको स्वाद चखाउने शिकारी सरदार बंशु लेम गुरुङको पहिचान र योगदानको स्मरण गर्दै युद्ध गीतको नगद पुरस्कार प्रायोजन गरेको बताउनु भएको थियो ।

गीत प्रतियोगिताका निणर्ायकमा कलाकार तथा गीतकार शशी थापा सुब्बा र गीतकार भावेश भुमरी हुनुहुन्थ्यो । विजेताहरूको नाम घोषणा युद्धगीत प्रतियोगिताका संयोजक साथै विनेसाम दक्षिण साखा अध्यक्ष थिर थापा र सहसंयोजक गोमा रानाले गर्नुभएको थियो ।

रिमेम्वरेन्स डे अर्थात पप्पी डे को अवसरलाई पारेर आयोजना भएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान र सहसंयोजक औतारी साइँला हुनुहुन्थ्यो । मुख्यत विभिन्न युद्धहरूमा सहादत प्राप्त गरेका सैनिकलाई श्रद्धान्जलि अर्पण गर्दै युद्ध सृजनाहरू वाचन गरेर यो कार्यक्रम गर्ने गरिन्छ ।

कार्यक्रममा नेपाल, भारत, इजरायल, हंङकङ, बेलायतबाट चार दर्जन भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । देश विदेशमा रहनु भएका युद्ध साहित्य अनुरागी, साहित्यमा कलम चलाउने सर्जक, साथै निवृत्त तथा सेवारत सैनिक र तिनका परिवारको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाल प्रहरीलाई पनि सहभागिताको लागि आधिकारिक निमन्त्रणा पत्र पठाइएको थियो । यी संस्थाहरूवाट सर्जक/प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । पल्टनमा खेलकुद तथा गीत संगीतजस्ता अतिरिक्त कृयाकलापलाई प्रोत्साहन दिइन्छ तर साहित्य लेखनलाई प्रोत्साहन दिइन्न । अहिलेको उत्तरआधुनिक युगमा सैनिकमा लेखनको संस्कार बिकास गरियो भने मात्रै युद्धका इतिहास स्वयंम आफैले कोर्न सक्छन् भन्ने उद्देश्यले गोर्खाली पल्टन र सेना तथा प्रहरीलाई यो गोष्ठीमा समावेश गर्ने प्रयास गरिएको हो ।

सिर्जना वाचनका साथसाथै युद्ध साहित्यको सिद्दान्त र यसको महत्व बारेमा पनि प्रमुख वक्ताहरूद्वारा गहन विचार पेश गरिएको थियो । हङकङ निवासी ‘आयो गोर्खाली’ पुस्तकका लेखक तथा पुर्व वृटिश गोर्खा सैनिक टीम आई गुरुङले अहिलेसम्म गोर्खालीको वीरता मात्रैको इतिहास अरुले लेखिदिएका छन्, अब हामी स्वयंमले नै हाम्रो योगदान बारे लेख्न पर्छ भन्ने विचार ब्यक्त गर्नु भयो । शिलिगुढी, भारतबाट निम्त्याइएका अर्का प्रमुख वक्ता नेपाली युद्ध उपन्यासका अध्येता डा. भूपेन घिसिङ्ले युद्ध साहित्य एक योद्धाको जीवनको टिपोट हो भन्नु भयो । वहाँले युद्ध अभिघात, युद्ध विनाश, युद्ध अपराध, साहस र वीरता इत्यादि युद्ध साहित्यका तत्वहरू हुन भनी प्रष्ट पार्दै युद्धले सिर्जना गर्ने मानसिक पीडा र आघातलाई साहित्यमा त्यति लेखिएको पाइँदैन भन्ने कुरा राख्नुभएको थियो । युकेलाई आफ्नो कर्मथलो बनाउनु भएका अर्का वक्ता अन्तरराष्ट्रिय सम्बन्धका अध्येता तथा बृटिश गोर्खा सैनिक पूर्व मेजर डा. प्रेमबहादुर आले मगरले २०० वर्षभन्दा लामो गोर्खालीको इतिहासको सम्वर्धन र प्रवर्धन अव हामी स्वयंमले नै लेखेर हुनसक्ने विचार राख्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र परदेशी लिम्बू हुनुहुन्थ्यो । यसको सभापतित्व विनेसाम पश्चिम साखा अध्यक्ष लालसुन्दर राईले गर्नुभएको थियो । कार्यक्रम संचालन अमित थेवे र विजय हितानले गरेका थिए ।

स्मरण रहोस, सन २०१९ देखि युद्ध साहित्य गोष्ठी र गत वर्ष २०२१ देखि बेलायतबाट ‘गोर्खा हिष्ट्री मन्थ’ को सुरुआत गरिएको छ । गोर्खा हिष्ट्री मन्थ अक्टोवर ११ देखि नोभेम्वर ११ सम्म युद्ध, द्वन्द्व, गोर्खा, पल्टन, लाहुरे, सैनिक सम्बन्धी साहित्यिक लेख रचना प्रकाशन साथै यिनै विषयमा परिचर्चा कार्यक्रम गरेर मनाइन्छ । यसै सन्दर्भमा यसै अभियानको नेपाल प्रतिनिधि भीम बिरही राई, भारत प्रतिनिधि सैनिक कवि विशाल केसी, ब्रुनाइ प्रतिनिधि एल एन ठूले, साथै भारतीय गोर्खा भूपू संगठनका केन्द्रीय अध्यक्ष कणर्ेल विजयकुमार राई, फष्ट गोर्खा राइफलका गोर्खा मेजर जीवन पुन, डा सुमाया राई, मेजर दिल्लीकुमार राईले पनि शुभकामना मन्तव्य दिनुको साथै आआफ्नो सृजना वाचन गर्नु भएको थियो ।

०००
– विजय हितान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x