सुलसुलेस्रष्टा उत्तम थापाको कृति लोकार्पणका साथ काव्यगोष्ठी
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२९ औं श्रृङ्खला चनपा स्थित विन्ध्यवासिनी मन्दिरको हलमा पुस्तक लोकार्पण एबं स्वतन्त्र काव्य गोष्ठी भव्यताका साथ सम्पन्न भयो ।

काठमाडौं, २०७९ साल मंसिर १० । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२९ औं श्रृङ्खला चनपा स्थित विन्ध्यवासिनी मन्दिरको हलमा पुस्तक लोकार्पण एबं स्वतन्त्र काव्य गोष्ठी भव्यताका साथ सम्पन्न भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको संयोजन, क्याप्टेन रेशम थापाको सभापतित्वमा एबं पूर्व राजदूत झबिन्द्र अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, नेपाली साहित्यमा २०६५ का मदन पुरस्कार विजेता निबन्धकार युवराज नयाँघरे, २०७९ का मदन पुरस्कार विजेता नवराज लम्साल र विन्ध्यबासिनी मन्दिरका संरक्षक रामप्रसाद शर्मा र खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कन विशिष्ठ आमन्त्रितको रुपमा उस्थित हुनुहुन्थ्यो ।
स्रष्टा विपस्वी डा.उत्तम थापाद्वारा लिखित कुल देवताको ऐतिहासिक विधान नामक पुस्तक प्रमुख अतिथि लगायत मन्चमा आसिन सम्पूणर् बिशिष्ट व्यक्तिहरूद्वारा सामुहिक रुपमा विमोचन गरिएको थियो ।
विमोचित पुस्तकको बारेमा बोल्दै घनश्याम भण्डारीले जीवन सार्थक गर्नको लागि जुन यात्रा हुन्छ त्यो यात्राको पहिलो खुट्किलो धर्म हो, सनातन हिन्दु धर्मालम्बीहरूले धर्मको परिभाषा अलि व्यापक र स्पष्ट गर्ने गरेका छन् वेदले बताएको सदाचार र यज्ञादि कर्म गर्नुनै धर्म हो भन्नुहुँदै यो पुस्तकले कुल देवताको पूजामा पशुवलिको रुपमा आएको परम्परा गलत छ । यस्तो चलनलाई समयानुकुल परिवर्तन गरेर जानुपर्छ । कुल पूजाको पशुबलि आज आएर अप्रासङ्गिक भएको छ पशुबलिको सट्टा फल, खीर, रोटी चढाउनेतर्फनै लाग्नु पर्नेछ भन्ने पुस्तको मूलभाव र सिद्धान्त बोकेको संक्षेपमा समीक्षा प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले आज विमोचित पुस्तकले यो युगको परिवर्तनको सामाजिक परिवर्तनको लागि सन्देश बोकेर यहाहरूको हातमा आइसकेको छ भन्दै लेखकप्रति हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्नुभयो । विशिष्ट अतिथि नगरप्रमुख गिरिले चन्द्रागिरि नपाभित्र सबैभन्दा बढी आफ्नै नाममा जमिन भएको यो मन्दिरको विकाश र निर्माणको लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै आज विमोचित पुस्तकले समाजमा चेतना फैलाउन सक्ने शुभकामना दिनुहुँदै नेपाली साहित्यको विकाशमा जनार्दनजीको योगदान र साहित्य सेवा प्रशंसनीय छ भन्नु भयो ।
विशिष्ठ अतिथि निबन्धकार युवराज नयाँघरेले धर्तीमा चरिऔंलो, दुबोदेखि ठूला वृक्ष वरपिपलसम्म यहीं छन् । त्यतिकै हराउने र सितल छाहरी दिने यो कुरा लेखकले बुझेको हुनुपर्छ भन्नुभयो । अर्का विशिष्ट अतिथि नवराज लम्सालले रामायण कालिन युगमै लेखिएका रचना जस्तै लेख्नुको अर्थ छैन, लेख्नुहोस् छन्द वा गद्य, आख्यान जे लेखे पनि अजको युगवोध गरेर लेख्नुको अर्थ रहन्छ । उहाँले सुन्दर उदाहरण सहित रचना सुनाउनु भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रतिष्ठान र खोरिया साहित्य सिर्जना नेपालका अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यमा कविताको लघुत्तम स्वरुप खोरियाको पर्वतन भएकोछ खोरिया ४ पंङ्तिको संरचना हुन्छ पहिलो, दोस्रो, तेस्रो पङ्ति ८ अक्षर र चौथो ५ अक्षर गरि २९ अक्षरको एक पूणर् खोरिया बन्ने सैद्धान्तिक जानकारीका साथ आज अधिकांश साहित्यकारहरूले खोरिया वाचन गर्नु भएकोमा गर्व र खुशी लागेको व्यक्त गर्नुहुँदै आज विमोचित पुस्तकका लेखकलाई निरन्तर साहित्य साधनामा लाग्नु हुन शुभकामनाका साथ बधाई व्यक्त गर्नु भई खोरिया र गद्य कविता वाचन गर्नु भयो ।
सिता पाण्डेको सुमधुर स्वर उदघोषण, लक्ष्मीकान्त पाण्डेको स्वागत मन्तव्य राष्ट्रिय गान र दीप प्रज्जलन गरी प्रारम्भ उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरू शारदा आचार्य, दुर्गा रिमाल अधिकारी, जानुका थापा, ललिता कार्की, मूना घिमिरे, गीता अर्याल, सिता घिमिरे, पूजन मिश्र, एक नारायण सापकोटा लगायत कविहरूले रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा पुस्तक प्रकाश टिका कुमारी थापा लगायतको टिमलाई परिचय र सम्मान गरिएको थियो ।
कार्यक्रममा पुस्तकका लेखक उत्तम थापाले मैले जे जति बेल्नु पर्ने किताबमा उतारेको छु यसलाई पढि दिनुहोस् भन्नु हुँदै कुल देवता, धर्म र ईश्वर विशेष गरेर यी तीन शव्दहरू एबं यसका शब्दिक अर्थ बुझ्नका लागि मानवले हालको आधुनिक समाजको निम्न स्तरबाट माथि उठी चेतनाको द्वार उघार्न सक्नु पर्दछ भन्नुहुँदै कार्यक्रम संयोजन गरिदिएकामा धड्कनजीलाई धन्यवाद दिनु भयो ।
अन्तमा सभापतिको आसनबाट रेशम थापाले मन्तव्यका साथ सबैमा धन्यवाद ज्ञापन गरि कार्यक्रम सम्पन्नको घोषणा गर्नु भयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































