साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिर्जनशील रचना वाचनको २१ औँ शृङ्खला

साहित्य कला सङ्गम दमकद्वारा हरेक महिनाको पहिलो शुक्रबार अपरान्ह ३ बजेदेखि दमक ६, थानापूर्व स्थित आफ्नै कार्यालय परिसरमा सञ्चालन ।

Nepal Telecom ad

झापा, ०७९ पुस १ । साहित्य कला सङ्गम दमकद्वारा हरेक महिनाको पहिलो शुक्रबार अपरान्ह ३ बजेदेखि दमक ६, थानापूर्व स्थित आफ्नै कार्यालय परिसरमा सञ्चालन हुँदै आएको सिर्जनशिल रचना वाचन कार्यक्रमको २१ औँ शृङ्खला आज सम्पन्न भएको छ ।

कार्यक्रममा साहित्यकार खेमलाल पोखरेल, बिन्दु दाहाल मूकदर्शक, विष्णु न्यौपाने, गोपाल दाहाल, हरि पराजुली, यादव अधिकारी झाँक्रीखोले, लता खनाल, दुर्गा काफ्ले, डा. लेखनाथ न्यौपाने, ओमप्रसाद खनाल, राम उपाध्याय, विरेन्द्र खड्का लगायत दमक र आसपासका १३ जना कवि तथा साहित्यकारहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

लघुकथा, कविता, गजल, मुक्तक, बाल कवितासँगै साइनो र अड्को जस्ता नयाँनयाँ उप-विधाका रचनाहरूको प्रस्तुतिले निकै रोचकता थपेको थियो । कार्यक्रममा सहभागी हुने कवि, कलाकार तथा साहित्यकारहरूले हरेक शृङ्खलामा नयाँ रचना प्रस्तुत गर्नुपर्ने नियम राखिएको छ ।

कार्यक्रमभरि प्रस्तुत गरिएका रचनाहरूको समीक्षा गरी विज्ञहरूद्वारा छोटोे समीक्षा समेत प्रस्तुत गर्ने गरिएको हुँदा नवसर्जकहरूलाई आफ्नो सिर्जनाको गुणस्तर थाहा पाई सुधार गर्न सजिलो हुने गरेको छ ।

कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता र सदस्य विरेन्द्र खड्काको सञ्चालनमा भएको थियो ।

०००
– विष्णु न्यौपाने

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x