साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मकवानपुर-सिन्धुली साहित्यिक वनभोज

दुवै जिल्लाको सीमाना बागमती किनारमा आयोजित सिन्धुली-मकवानपुर साहित्यिक संगम कार्यक्रममा सर्जक भुपिनको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

हेटौंडा, २०७९ पौष २ । मकवानपुर र सिन्धुलीका साहित्य सर्जकहरूको सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

दुवै जिल्लाको सीमाना बागमती किनारमा आयोजित सिन्धुली-मकवानपुर साहित्यिक संगम कार्यक्रममा सर्जक भुपिनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका साहित्यिक संस्थाहरू सर्जक सञ्जालका संयोजक निमेष निखिल, लेखक संघका अध्यक्ष छवि अनित्य, सिस्नुपानीका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्चका डिबी बर्तौला, गजल मञ्चका अध्यक्ष केशव समर्पण, प्रलेस केन्द्रिय सदस्य तथा झरना साहित्यका सचिव मसान उपासक तथा अग्रज सर्जकहरू जनार्दन खनाल, रमेशमोहन अधिकारी, ओमभक्त भण्डारी, युवापुस्ताका सानु खनाल, विश्व राई, स्वस्तिका दाहाल, मेनु तिमल्सिना, शुभद्रा हुमागाईँ, सुवास सजल, लक्ष्मण पौडेल, देव दुलाल लगायत र सिन्धुलीका साहित्य सर्जकहरू तुलसी ढकाल, प्रशिद्धा शर्मा तथा युवापुस्ताका लोकेन्द्र डहरे, बिर्ख वाइबा, धनमाया राई, अस्मिता दाहाल, विन्दा दाहाल, रचना तिमल्सिना, आयुष्माका देवकोटा, राजन बास्तोला गरी कूल ७० जनाको सहभागिता रहेको थियो । सबैजसो सर्जकहरूले आफ्ना विविध साहित्य सिर्जना सुनाउनु भएको थियो ।

यस्तै पौष पहिलो शनिबार गजल मञ्च मकवानपुरले नियमित गजल सन्ध्या कार्यक्रम गर्दै आइरहेकोमा वनभोजको अवसरमा सो कार्यक्रम समेत सम्पन्न गरिएको छ । गजलको सो सेसनको कार्यक्रम मञ्चका सचिव हरि पौडेलले सहजीकरण गर्नुभयो । मञ्चका अध्यक्ष केशव समर्पणले फरक जिल्लाका सर्जकहरूको समेत सक्रिय सहभागिताले खुशी तुल्याएको बताउनु भयो ।

सिस्नुपानी मकवानपुरबाट सहभागीहरूले हास्यव्यङ्ग्य रचना, गजल मञ्चतर्फबाट सहभागीहरूले विभिन्न गजल, मुक्तक मञ्चतर्फका सहभागीहरूले विभिन्न मुक्तक लगायत सहभागीहरूले लामा छोटा गद्य तथा पद्य कविताहरू वाचन गर्नु भएको थियो ।

आख्यानकार तथा कवि भुपिनले ‘एउटा नोटको जीवनी’ कविताले सबैको ध्यानाकर्षण गरायो । उहाँले मकवानपुरका सर्जकहरूसँग नियमित भेटघाट भैरहेको तथा सिन्धुलीका सर्जकहरूसँग समेत जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि भैराख्नुपर्छ भन्ने शुभेच्छा प्रकट गर्नु भयो ।

यस्तै कवि, गजलकार, गायक पुरुषोत्तम आचार्यले आफ्नो गीत घाम त लाग्यो गाउनु भयो भने लोकदोहरी गायन, नाच, सामुहिक भोजन रहेको थियो । कार्यक्रमले दुई जिल्लाका सर्जकहरूबीचमा चिनजान र साहित्यक भलाकुसारीका कारण यस वनभोज कार्यक्रम सफल साबित भएको सर्जक निमेष निखिलले बताउनु भयो ।

मकवानपुर-सिन्धुली साहित्य संगमको विविध साहित्यिक कार्यक्रम आयोजना तथा निरन्तरताका लागि खडानन्द तिमल्सिना र विश्वनाथ सञ्जेलको संयोजकत्वमा तदर्थ समिति गठन समेत गरिएको छ ।

कार्यक्रममा सहभागिताका लागि मकवानपुरतर्फबाट झरना साहित्यका अध्यक्ष विश्वनाथ सञ्जेल तथा सिन्धुलीका तर्फबाट खडानन्द तिमल्सिनाले संयोजन गर्नु भएको हो भने दिनभरको औपचारिक कार्यक्रम विश्वनाथ सञ्जेलले सहजीकरण गर्नु भएको हो ।

०००

– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x