साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्धका कविता पुस्तक लोकार्पण

समारोहका प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले दुई हजार अमेरिकी डलर राशिको टङ्कप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गर्नुभयाे ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुस १२ । हेम-सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको “भ्रष्टाचार विरुद्धका कविता“ पुस्तकको प्रज्ञाभवनमा हिजो लोकार्पण गरियो । सो पुस्तकको लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता पूर्व सांसद रामेश्वर फुयांल, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, फाउन्डेसनका प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकारहरू मदन पाठक, देवेन्द्र सिटौला, डा. भीष्म भूषाललगायतले गर्नु भएको थियो ।

सो पुस्तकको सम्पादन हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सम्पादन गर्नु भएको हो । सोही अवसरमा हेम-सरिता पाठक फाउन्डेसनले सस्थाको ब्रोसर पनि सार्वजनिक गरेको थियो ।

सोही समारोहमा हेम-सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । समारोहका प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गर्नुभएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि सक्रियरूपमा क्रियाशील रही योगदान पुर्‍याउँदै आउनुभएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार तथा कवि मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरिएको छ । साथै कार्यक्रममा पच्चीस उत्कृष्ट कविहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता पूर्व सांसद रामेश्वर फुयांल तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले समाज परोपकारी र राज्य लोकल्याणकारी हुन आवश्यक रहेको बताउनुभयो ।

समारोहमा प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकारहरू मदन पाठक, देवेन्द्र सिटौला, डा. भीष्म भूषाल, उग्रतारा मा. वि. का प्रधानाध्यापक डम्बरबहादुर छलान, सो विद्यालयका पूर्व अध्यक्ष हितमान तामाङलगायतले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी पुरस्कृत कवि मनोज विश्वकर्माल र कवि दिलीप श्रेष्ठले कविता वाचन, गायक नवीन पौडेलले भ्रष्टाचार विरुद्धको गीत गाउनु भएको थियो ।

समारोहमा फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठकले सस्थाको लक्ष्य, प्राप्ति र गतिविधिमा प्रकाश पार्दै देशलाई भ्रष्टाचारमुक्त पार्न फाउन्डेसन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले कुनै पनि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने पनि बताउनु भयो ।

समारोहमा फाउन्डेसनकी अध्यक्ष जेनी पाठकले सस्थाको गतिविधिबारे मन्तव्य राख्दै फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

यसैगरी समारोहमा फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुस्तकमाथि वरिष्ठ समालोचक प्रमोद प्रधानले बोल्नु भएको थियो ।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको छ । फाउन्डेसनको अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेको छ ।

सबैलाई शिक्षा र भ्रष्टाचार विरुद्धको अभियानमा रहेको समर्पित फाउन्डेसनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ ।

कार्यक्रमको संचाल सञ्चारकर्मी न पुनम पौडेलले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x