साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि भूपी शेरचनको सम्झनामा

चियाको चुस्कीमा विद्वता प्युनेहरूको जमात छ किचन क्याबिनेटका भोक्ताहरूको पदलोलुपताको मात छ जग्गा दलालीबाट ब्युँझिएको व्यक्तित्वको सीमारेखामा नवधनाढ्य प्रदर्शनको रतिराग छ ।

Nepal Telecom ad

२०४० सालमा भूपि शेरचनको उपस्थिति भएको बखत मोती स्मृति भवन धरानमा मैले पनि कविता सुनाएको थिएँ तर उक्त कविता मलाई याद भएन तर आज भएको भए पक्कै यो कविता सुनाउँथें ।

भूपी दाइ !
हजुरले देखे जस्तै
झापाको गौरादहमा पनि डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।

इमान छ बेइमान छ
मान अपमान छ
अगुवाहरूको आहान छ
पछुवाहरूको शान छ
बिरोधमा कतै झोक छ
समर्थनमा टेबल ठोक छ
हो भूपी दाइ !
झापाको गौरादहमा पनि डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।

यहाँ भिडले बनाएका नेता र
नेताले बनाएका भिड दुवैको बास छ
एक थरीमा जलन कुण्ठा छ
अर्को थरीमा तिब्र आश छ
टिपरले कुल्चिएका सडकहरूबाट उडेको
मसिनु धूलोले भरिएको निश्वास छ
यहाँ अनुगमनका पोथी फिताहरूले कोरलेको
भाले अण्डाहरूमा जनप्रतिनिधिको आश छ
कतै पार्टी छ कतै भोक छ
यहाँ के छैन सबै थोक छ ।

चियाको चुस्कीमा विद्वता प्युनेहरूको जमात छ
किचन क्याबिनेटका भोक्ताहरूको
पदलोलुपताको मात छ
जग्गा दलालीबाट ब्युँझिएको
व्यक्तित्वको सीमारेखामा
नवधनाढ्य प्रदर्शनको रतिराग छ
छोटे कन्सर्टमा चुँडिएको गितारको तार झैं
बेसुरा मदमातको राग छ
परिस्थितिको समाजशास्त्रमा
कुण्ठा अभिव्यञ्जनाको तोक छ
यहाँ के छैन सबै थोक छ ।

झापाको गौरादहमा पनि
डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x