साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूपीको कविता मैनवत्तीको शिखा

चम्किएछ कि धप्प धप्प गरी यो बल्दैछ एकातिर, आँसु झार्दछ तप्प तप्प चुहिँदै लाग्दैछ अर्कातिर, आयोे कि विधवा कुनै युवतिमा त्यो यामको कल्पना, एकैसाथ सुहागरात पति जो स्वर्गीयको सम्झना ।

Nepal Telecom ad

छन्दानुवाद

यौटा मोम बलिरहेछ अहिले हेरिरहेको छु म
आई झ्याप्प निभाउने पवनको सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले कालै धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।

एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि ?
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवतीझैं सर्माउँदै पो छ कि ?
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ?

पैलो पल्ट रजश्वला भई कुुनै बाला नुहाईकन
आफैं भित्र भएछ सर्म कि बरा मुन्टो लुकाईकन
नौलो ज्ञान हुँदा बडो चकितझैं मुस्कान छाडिन् कि क्या ?
सेकौं ढाड भनी शरीर तिनले केही झुकाइन् कि क्या ?

त्यो नौलो अनुभूतिले चकित झैं लाग्ने कुनै नारी हुन्
आफैं भित्र हराउने थकित भै लाग्ने कुनै प्यारी हुन्
मानौँ यो अनुहार हो युवतीको मुस्कान छर्दैैछ कि ?
यौटी सुन्दरीको मुहार सरिको यो मोम बल्दैछ कि ??

आँखाका भरि वेदना छ अहिले छल्कन्छ आँसु पनि
आँखैको पुतली उमङ्गित हुँदै झल्कन्छ हाँसो पनि
मानौ शल्य क्रिया गरेपछि कुनै आमा फिरिन् होसमा
सारै कष्ट सहेर भर्खर थिइन् सन्त्रास सन्त्रासमा ।

हेर्दैैछिन् नवजात पुत्र अघिको बिर्सेर सारा पिर
लामो घोर सही पीडा र अहिले ठाडो लगाई शिर
बल्दो दीपशिखा तिनै जननीको सन्तुष्ट त्यो नेत्र हो
शुभ्र शान्त र श्निग्ध लाग्दछ यहाँ शिखा मइन्बत्तीको ।

चम्किएछ कि धप्प धप्प गरी यो बल्दैछ एकातिर
आँसु झार्दछ तप्प तप्प चुहिँदै लाग्दैछ अर्कातिर
आयोे कि विधवा कुनै युवतिमा त्यो यामको कल्पना
एकैसाथ सुहागरात पति जो स्वर्गीयको सम्झना ।

पग्ली तप्तप मोम झर्दछ यहाँ यस्कै अगाडि छु म
हेर्दै बस्छु शिखा छ श्निग्ध अहिले निस्तब्धतामा छु म
यस्को दृश्य मलाई आज किन हो लाग्यो बडो मार्मिक
पार्‍यो छाप मलाई नारीहरूका बेग्लै अवस्थासँग ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x