सुलसुलेनेपाल-भारत साहित्य महोत्सवका सहभागीहरूलाई प्रमाणपत्र
कार्यक्रममा महोत्सवलाई “नेपाली साहित्य संस्कृति समाज” नामबाट दर्ता प्रक्रिया अगि बढाउने निर्णय पनि भएको थियो भने सस्थाको प्रस्तावना र उदेश्यहरु पनि पारित गरिएको थियो ।

गत १६-१८ बैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई आज २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरियो ।
कार्यक्रममा महोत्सवलाई “नेपाली साहित्य संस्कृति समाज” नामबाट दर्ता प्रक्रिया अगि बढाउने निर्णय पनि भएको थियो भने सस्थाको प्रस्तावना र उदेश्यहरु पनि पारित गरिएको थियो ।
नेपाल-भारत साहित्य महोत्सवका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, अतिथिहरु सर्जक बेटी बज्राचार्य, हेम-सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले महोत्सवको औचित्व र महत्वबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा सदस्यहरु प्राडा. गोविन्दमान सिंह कार्की, युवराज नयाँघरे, यादव भट्टराई, भानुप्रकाश जोशी, दिब्य गिरी, रत्नलक्ष्मी श्रेष्ठ, मन्जिला अनिल, निर्मलरमण पराजुली, राज रजक, राजबाबु श्रेष्ठ, उमेश पाण्डे, कमला रिसाल, सुष्मा आचार्य, मनिला वन्त, उषा के. सी., पारु तिमल्सिना, डा. नविन यादव, जेस्मिन पाण्डेलगायतलाई महोत्सवको प्रमाणपत्र प्रदान गरिएको थियो
कार्यक्रमको संचालन महासचिव मुरारि सिग्देलले गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































