साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम

कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

Nepal Telecom ad

कालिगण्डकी साहित्य परिषद, कालिका चितवन ले एक समारोेहका बिच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

संंस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गर्नुभएको थियो । रामलाल कुमालले स्वागत मन्तव्य दिनुभएको सो समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट केदारनाथ खनाल, लकाश पौडेल, पूणर्प्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल, कपिल अज्ञात र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजी अतिथि लगायतका कविहरूले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ निबन्धकार रामबाबु घिमिरे र धनराज गिरी एबं कालिका नगरपालिका वार्ड नं ६ का अध्यक्ष टिकाराम रेग्मी र अन्य अतिथिहरूले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

सम्मानित स्रष्टाहरू केदारनाथ खनाल, पूणर्प्रसाद अधिकारी, गोकणर् मल्ल र चिरञ्जीवी दाहालले पनि आफ्ना विचार एवम् कविता प्रस्तुत गर्नु भएको थियो ।

०००
– चिरञ्जीवी दाहाल, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x