सुलसुलेसिर्जनशील रचना वाचनको २२ औँ शृङ्खला सम्पन्न
दमक र आसपासका १७ जना कवि तथा साहित्यकारहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

झापा, ०७९ माघ ०६ । साहित्य कला सङ्गम दमकद्वारा हरेक महिनाको पहिलो शुक्रबार अपरान्ह ३ बजेदेखि दमक ६, थानापूर्व स्थित आफ्नै कार्यालय परिसरमा सञ्चालन हुँदै आएको सिर्जनशील रचना वाचन कार्यक्रमको २२ औँ शृङ्खला आज सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्यकार मेघनाथ बन्धु, बिन्दु दाहाल ‘मूकदर्शक’, विष्णु न्यौपाने, गोपाल दाहाल, यादव अधिकारी झाँक्रीखोले, लता खनाल, दुर्गा काफ्ले, डा. लेखनाथ न्यौपाने, विरेन्द्र खड्का, प्रीति बस्नेत, राजन चापागाईं, छविराम न्यौपाने, डि.आर निरौला, सारदा निरौला, हिमाल सुब्बा गुराँस लगायत दमक र आसपासका १७ जना कवि तथा साहित्यकारहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।
बालकथा, कविता, गजल, हाइकु, बाल कवितासँगै गीत र चुड्का जस्ता रचनाहरूको प्रस्तुतिले कार्यक्रमको रोचकता निकै बढाएको थियो । कार्यक्रममा सहभागी हुने कवि, कलाकार तथा साहित्यकारहरूले हरेक शृङ्खलामा अनिवार्य रूपमा नयाँ रचना प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियमले नियमित श्रोता तथा दर्शकहरूलाई नयाँपन दिने गरेको छ ।
कार्यक्रमभरि प्रस्तुत गरिएका रचनाहरूको समीक्षा गरी विज्ञहरूद्वारा छोटोे समीक्षा समेत प्रस्तुत गर्ने गरिएको हुँदा नवसर्जकहरूलाई आफ्नो सिर्जनाको गुणस्तर थाहा पाई सुधार गर्न सजिलो हुने गरेको छ ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता र उपाध्यक्ष दुर्गा खनाल काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।
०००
– दमकबाट विष्णु न्यौपाने
Subscribe
Login
0 Comments
Oldest












































