साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरुप्रसाद रेग्मीको कृति ‘जीवन लीला’ विमोचित

जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थापाले भाषा, साहित्य, कला, संस्कृति समाजको ऐना भएकोले यसको संरक्षण र प्रवर्धन गर्नु स्थानीय सरकारको दायित्व

Nepal Telecom ad

शिक्षा क्षेत्रमा लामो सेवा गर्नु भएका गुरुप्रसाद रेग्मीको कृति जीवन लीला एक कार्यक्रमका बिच दमक नगर पालिकाका नगर प्रमुख रामकुमार थापाले विमोचन गर्नु भयो ।

जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थापाले भाषा, साहित्य, कला, संस्कृति समाजको ऐना भएकोले यसको संरक्षण र प्रवर्धन गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनु भयो । उहाँले दमकमा उच्च प्राज्ञिक व्यक्तित्वहरू सबैको अपनत्व हुने गरि प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको पनि जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, “दमक प्रज्ञा प्रतिष्ठान नगरको अभिभावकीय संस्थाको रुपमा सबैको भएर काम गर्नेछ ।”

कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना, जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहाल, साहित्यकार भानुभक्त कुभिण्डेली, दमक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवी दाहाल, दमक क्याम्पसकी प्राध्यापक राधिका ओझा, साहित्यकार राम नेपाल, टीकाराम पुरी, जिल्ला बाल सञ्जालका उपाध्यक्ष विनोद थापा, साहित्यकार अभागी थेगुवा, उद्धव थापा, एन. वी. दाहाल, मदन सापकोटा, राजकुमार सुब्बा, सुमित्रा बाङदेल चेली, दुर्गा काफ्ले, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, सामाजिक अभियन्ता केदार चापागाँई, प्रिपेश श्रेष्ठ, शंकर पराजुली, इन्दिरा भण्डारी, कृष्णा तिम्सिना लगायत दुई सय व्यक्ति व्यक्तित्वको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार धनकुटे कान्छाले गर्नुभएको थियो भने सभापतित्व जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सीताराम खतिवडाले गर्नु भएको थियो । तोया आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा भानुभक्त कुभिण्डेलीले कृतिको समीक्षा गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकलाई दोसल्ला तथा टोपी ओडाएर सम्मान गरिएको थियो ।

०००
– दमकबाट धनकुटे कान्छा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x