साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (शृङ्खला- ३)

त्यस्तै साहित्य लेख्ने विविध विषयका पाठशाला बुढ्यौली बढ्दै छन् योजनाका जग-पनिसँग छन् साधनामा बुढ्यौली पाकाका साथमा छन् युवक रहरिला प्रौढ त्यस्तै विशाल ।

Nepal Telecom ad

भन्छ देवीप्रसाद !!

चौतारी पार्क जस्तै,मनमगज छुने सौम्य संस्था फलैँचा
केही छन् रङ्गशाला विविध रहरिला चित्त भुल्ने सबैका
खेल्ने जोडा र तोडा युवक र युवती मात्र ठान्दा प्रभात
खुल्दैनन् वृद्धवृद्धासँग सुमन पला भन्छ देवीप्रसाद !!
(११)

खोलेका मन्डली छन् परिधिबिच यहाँ वृद्धवृद्धा निमित्त
पाएको दिव्य कोटा कदर नगरिए गुम्छ आफ्नो प्रदीप्त
मात्रै यो कल्पनामा दिनपल रहँदा लक्ष्यको छैन साथ
कोटा आफ्नो समालौँ डरभर नलिई भन्छ देवीप्रसाद !!
(१२)

बाटा-पाटा कता छन् असल कुशलका वृद्धका साधनामा
सोधौँ खोजौँ भएका सुजनसँग अझै जुट्द छन् सामनामा
साटौँ आफ्ना भएका अनुभव सँगमा उघ्रिने छन् कपाट
कोटा राम्रो समालौँ विचलित नबनी भन्छ देवीप्रसाद !!
(१३)

त्यस्तै साहित्य लेख्ने विविध विषयका पाठशाला बुढ्यौली
बढ्दै छन् योजनाका जग-पनिसँग छन् साधनामा बुढ्यौली
पाकाका साथमा छन् युवक रहरिला प्रौढ त्यस्तै विशाल
लागौँ सद्भाव साटौँ मनमगज खुलोस् भन्छ देवीप्रसाद !!
(१४)

हाम्रा राम्रा पुराना अनुभव अघिका सभ्य संस्कार गाथा
थाम्ने जिम्मा छ हाम्रासँग मृदुल कला बाँड भन्छिन् प्रमाता
लागेको ढल्न हाम्रो कद छ गहकिलो जीवनी दर्शनार्थ
बाडौँ अद्यात्म साँचो युवक मगजमा भन्छ देवीप्रसाद !!

(१५)

(क्रमशः)
०००
सोह्रखुट्टे, काठमाडौं
१५)२०७९/९/२८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x