सुलसुलेअभिनवको शिशिर काव्य गोष्ठी सम्पन्न
अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकणर् काठमाडौंमा शिशिर काव्य गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौं, २०७९ माघ २८ । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकणर् काठमाडौंमा शिशिर काव्य गोष्ठी सम्पन्न भएको छ ।
समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, विजय चालिसेको प्रमुख आतिथ्य, मधुसूदन घिमिरे र डिल्लीराज अर्यालको विशेष आतिथ्यमा रचना वाचनको २५२ औं शृङ्खला अन्तर्गत सो काव्य गोष्ठी सम्पन्न भएको हो ।
समाजका सह कोषाध्यक्ष शारदा पराजुलीको उद्घोषण, समाजका सचिव परशुराम पराजुलीको समीक्षकत्व र रचना वाचन, कोषाध्यक्ष श्री घनश्याम प्रसाईको स्वागत मन्तव्य र रचना वाचन, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको धन्यवाद ज्ञापन र रचना प्रस्तुति भएको थियो ।
कार्यसमिति सदस्य सुमन पुडासैनी मित्रको व्यवस्थापन सहयोग र रचना वाचनमा सो कार्यक्रम अगाडि बढेको थियो । जम्मा २९ जना कविहरूले रचना वाचन गर्नुभएकोमा राजन पुडासैनी, भोलानाथ सुवेदी, नारायणप्रसाद निरौला र नवराज रिमाललाई उत्कृष्ट रचना प्रस्तुत गरेवापत प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सुशील आचार्य, राजन पुडासैनी गंगा कर्माचार्य पौडेल, राजेश श्रेष्ठ, ओमप्रसाद कोइराला, भोलानाथ सुवेदी, सुरेशचन्द्र घिमिरे, अच्युत प्रसाद पौडेल चिन्तन, नारायण प्रसाद निरौला, राजेशमान केसी, निर्मलरमण पराजुली, बाजुराम पौडेल, नवराज रिमाल, घनश्याम प्रसाईं गंगाप्रसाद भेटवाल, प्रकाश बस्नेत गफाडी, दुर्गा अधिकारी भमरकोटे, सुमन पुडासैनी मित्र, रुद्र अधिकारी, यदुनाथ वसन्तपुरे, लीलाराज दाहाल, सर्वानन्द सरस्वती, किर्ते पौडेल, मधुसूदन घिमिरे, डिल्लीराज अर्याल लगायतका स्रष्टाहरूले आआफ्ना रचनावाचन गर्नुभएको थियो ।
कार्यक्रममा गद्यकविता, शास्त्रीय छन्दका कविता, गजल, सुसेली, लघुकथा, गीत आदि वाचन गरिएका थिए।
कार्यक्रमको अन्त्यतिर संस्थाका अध्यक्ष गोविन्द घिमिरेले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो भने सचिव परशुराम पराशरले आफ्नो रचनासहित वाचित रचनाहरूको संक्षिप्त टिप्पणी गर्दै तिनी मध्येबाट छानिएका स्रष्टाहरूको घोषणा गर्नुभएको थियो ।
०००
– वेदमणि
Subscribe
Login
0 Comments
Oldest











































