सुलसुलेबृहद् काव्यसभामा ’मध्यान्तर’ को परिचर्चा
तेह्रथुम जिल्लाको आठराई स्थित सक्रान्ती बजारमा बृहद् काव्यमा र सुष्मा दाहालको मध्यान्तर कविता सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

आठराई तेह्रथुम, २०७९ फागुन १ । तेह्रथुम जिल्लाको आठराई स्थित सक्रान्ती बजारमा बृहद् काव्यमा र सुष्मा दाहालको मध्यान्तर कविता सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील लेखक सङ्घ तेह्रथुम, साहित्य सङ्गम आठराई र आठराई गाउँ पालिका स्तरीय साहित्य सुदृढीकरण समितिको संयुक्त आयोजनामा भयको सो कार्यक्रममा गा पा अध्यक्ष दिल कुमार पाहिम प्रमुख अतिथि र प्रलेस तेह्रथुमका अध्यक्ष देवी प्रसाद संग्रौलाको अध्यक्षतामा भयको थियो ।
तीन जनाले तीन थान व्यानर पढेर उदघाटन भयको सो कार्यक्रममा उदयपुर, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, तेह्रथुम लगायतका जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा कवयित्री सुष्मा दाहालको कविता सङ्ग्रह मध्यान्तरको आर पी गाउँले, दिलकुमारी बुढाथोकी र योगेश काफ्लेले समीक्षा प्रस्तुत गर्नु भएको थियो ।
स्रष्टा सम्मान कार्यक्रममा इलामका डा.देवी दुलाल क्षेत्री, मोरङकी तिला लेकाली, पाँचथरको बिएन कन्दङ्वा, तेह्रथुमका भीम घिमिरे; दीपक ककटेल आयामहरू प्रमाणपत्र सहित सम्मानित भएका थिए भने प्राज्ञ रविमान लम्सालले सम्मानित स्रष्टाहरूको परिचय दिनु भएको थियो ।
उक्त अवसरमा तेह्रथुम आठराईमा बसेर साहित्यिक योगदान पुर्याउने स्व.अनिरुद्ध तिम्सिना, देवीप्रसाद संग्रौला, रविमान लम्जेल, राजन तिम्सिना, जया ढुङ्गेल, मीनराज गुरुङ्ग, दिलकुमारी बुढाथोकी बी.अभिषेक, बासु बराल, गोपीचन्द्र मिश्रलाई संम्मानित गरिएको थियो ।
आठराई गाउँ पालिका स्तरीय साहित्य सुदृढीकरण समितिका सचिव धर्म गौतमको स्वागत मन्तव्यबाट शुरू भएको सो कार्यक्रममा चिन्तामणि उप्रेती राजेन्द्र सर्वहारा केबी बिरही, रबि तिम्सिना, डिल्लीराम, प्रदेशी, निरज भट्टराई नदी, केदार कटुवाल, कृष्णप्रसाद थपलिया, मीना अधिकारी, जमुना गौतम, टिङ्कु भट्टराई, माधव भट्टराई, खड्ग बोहरा, रोशन अधिकारी, नवीन केरूङ, केशव रिमाल, माधव पोखरेल गोज्याङ्ग्रे, खगेन्द्र पोमु, मध्यान्तरकी लेखिका सुष्मा दाहाल, भानुभक्त निरौला, दीपक कट्टेल आयाम, भीमप्रसाद मिश्र, भीम घिमिरे, बिएन कन्दङ्वा, तिला लेकाली, देवी क्षेत्री दुलाल, मित्र नेपाली लगायतका स्रष्टाहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए ।
प्रलेस तेह्रथुमका सचिव राजन तिम्सिनाको संचालनमा भएको उक्त कार्यक्रममा लोकगीत प्रस्तुतिका साथै स्थानीय कलाकारद्वारा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
०००
आठराईबाट माधव पोखरेल गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest












































