साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली साहित्य समाज, क्यानडाको साधारण सभा सम्पन्न

नेपाली साहित्य समाज, क्यानडाको हालै सम्पन्न साधारण सभाले संस्थाको अध्यक्षमा खेम गुरागाई तथा महासचिवमा मोहन खरेललाई दोश्रो कार्यकालको लागि सर्वसम्मतीले चयन गरेको छ ।

Nepal Telecom ad

नेपाली साहित्य समाज, क्यानडाको हालै सम्पन्न साधारण सभाले संस्थाको अध्यक्षमा खेम गुरागाई तथा महासचिवमा मोहन खरेललाई दोश्रो कार्यकालको लागि सर्वसम्मतीले चयन गरेको छ । साथै उक्त सभाले अन्य पदाधिकारीहरूको समेत सर्वसम्मत चयन गरेको छ ।

नेपाली साहित्य समाज, क्यानडाको २०२३-२०२५ को लागि निर्वाचित कार्यसमितिमा अध्यक्ष-खेम गुरागाईं, टोरोन्टो, अन्टारियो, उपाध्यक्ष- राजेन्द्र कार्की, भ्यान्कुभर, ब्रिटिश कोलम्बिया, कोषाध्यक्ष- पार्वती पाण्डे, ब्राम्प्टन, अन्टारियो, महासचिव- मोहनप्रसाद खरेल, टोरोन्टो, अन्टारियो, सचिव- माधब बराल, ब्राम्प्टन, अन्टारियो, सदस्यहरूमा -कुसुमाकर शर्मा, एडमन्टन, अल्बर्टा, रुद्र अधिकारी, फ्रेडरिक्टन्, न्यु ब्रन्ज्विक, रेनुका राई, टोरोन्टो, अन्टारियो, गोपाल काफ्ले, क्याम्ब्रिज, अन्टारियो रहनु भएको छ ।

यही फेब्रुअरी ११ मा भर्चुअल रुपमा भएको सो कार्यक्रम क्यानडाका लागि नेपाली राजदूत महामहिम भृगु ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संस्थाका निवर्तमान उपाध्यक्ष युवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा राजदूत ढुङ्गानाले नेपाली साहित्य समाज क्यानडाले गरिरहेको कार्यको प्रशंसा गर्दै यसले क्यानडाका साहित्यकारहरूको सिर्जनालाई समेटेर प्रकाशन गर्ने काम अनुकरणीय रहेको बताउनु भएको थियो ।

नेसासको उक्त पुस्तक, काव्य सुसेली २, भर्खर प्रकाशित भएको छ । राजदूत ढुङ्गानाले विदेशमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिरहनको निम्ति साझा मञ्च प्रदान गरेकोमा र बिभिन्न माध्यमबाट नेपाली साहित्यको बृद्धि र संवर्द्धनमा महत्वपूणर् योगदान गरेकोमा संस्थाको उत्तरोत्तर सफलताको कामना गर्नुभएको थियो । यस अवसरमा वहाँले, “नेपाल सरकार नेपालमा र विदेसमा समेत नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति प्रतिबद्ध रहिआएको छ” भन्दै नेपाली साहित्य समाज क्यानडाका गतिबिधिहरूमा नेपाली राजदूतावासको तर्फबाट सदैव सहयोग र समर्थन रहने कुराको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

क्यानडाका विभिन्न शहरहरूबाट सहभागी उक्त कार्यक्रममा संस्थाका महासचिव मोहन खरेलले आफ्नो कार्यकालमा भएका गतिबिधिहरूको जानकारी दिनुभएको थियो भने कोषाध्यक्ष पुण्यसागर मरहट्टाले आयव्ययको प्रतिवेदन पेस गर्नुभएको थियो ।

नयाँ कार्यसमिति निर्वाचनको संयोजन गर्नुभएका शिशिर पाण्डे र रविन थपलियाले प्रस्तावित कार्यसमितिको नाम पढेर सुनाउदा सम्पूणर् सदस्यहरूले तालिको गडगडाहट सहित सबैले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा साहित्य समाजका पूर्व अध्यक्षहरू गोविन्दसिंह रावत, मुक्ति गौतम, रविन थपलिया र रमेश थापा तथा सल्लाहकार तुल्सी धरेल र गोपीकृष्ण काफ्ले तथा समाजका पूर्व सदस्यहरू अनुप न्यौपाने, राजेन्द्र कार्की, पारु पाण्डे, पुण्यसागर मरहठ्ठा, रबिन्द्र घिमिरे, लिला पाण्डे, उमेश कोइराला, रमेश प्रसाई, रविन्द्र लम्साल, विनोद पौडल, देबेन्द्र कार्की लगायतका वक्ताहरूले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

नव निर्वाचित अध्यक्ष खेम गुरागाईले नेपाली साहित्य समाज, क्यानडालाई फेरि पनि हाँक्ने जिम्मेवारी प्रदान गर्नु भएकोमा कार्यक्रममा उपस्थित सबैप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो । साथै सम्पूर्ण पदाधिकारीहरूलाई सामुहिकतामा जोड दिन अनुरोध गर्दै संस्थाको प्रगतिको निम्ति विना हिचकिचाहट अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा क्यानाडामा सक्रियतापूर्वक काम गर्दै आएको नेपाली साहित्य समाज, क्यानडा सन् २००४ मा स्थापना भएको थियो भने सन् २०१७ मा क्यानाडाको संघीय सरकारमा विधिवत् रुपमा दर्ता भएको संस्था हो ।

०००

० क्यानाडाबाट मोहन खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x