साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १२१ औँ काव्यगोष्ठी

प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि गणेश आत्रेय एवं विशिष्ठ आमन्त्रित कलानिधि दाहालको उपस्थितिमा भव्यरूपमा सम्पन्न ।

Nepal Telecom ad

काठमाडौं, २०७९ फागुन २० । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२१ औँ प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि गणेश आत्रेय एवं विशिष्ठ आमन्त्रित कलानिधि दाहालको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, खोरिया, लोकछन्द तथा छेस्का तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टा स्वयंले वाचन गरे । रचनाहरू देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिक विकृति बिरुद्ध प्रहार गरिएका थिए ।

रचना वाचन गर्ने स्रष्टाहरूमा क्रमशः भुवनहरि सिग्देल, गणेश आत्रेय, कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, हरि खनाल, जनार्दन अधिकारी धड्कन, हरिप्रसाद चौलागाई, लक्ष्मीप्रसाद मिश्र, यज्ञ सुवेदी, बिनुबाबा घिमिरे, सूर्यकुमार पण्डित, गङ्गा भण्डारी, जगदीश्वर पोखरेल, सुधा बास्कोटा ढकाल, कालीचरण बस्नेत, वीरबहादुर लोहनी तथा दुर्गा थापा मगर हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित आत्रेयले गोष्ठीमा वाचित रचना खारिएका बताउँदै नेपालको साहित्यिक जगत छन्दमय हुँदै गएको छन्द मौलाएको छ भन्नुभयो । अनुपमले स्थापित स्रष्टालाई सम्मान र नवोदितलाई प्रोत्साहन गरिरहेको सराहनीय छ भन्दै उहाँले वाचित सिर्जनाकोसंक्षिप्त समीक्षा गर्नु भएको थियो ।

उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिका वारेमा जानकारी दिनु भएको थियो । साथै कविगोष्ठी सफल बनाइ दिनुहुने सम्पूर्ण स्रष्टामा आभार प्रकट गर्नु भएको थियो ।

अध्यक्ष भुवनहरि सिग्देलले आदरणीय स्रष्टाहरूको गरिमामय उपस्थितिले प्रविधि मैत्री कविगोष्ठी सफल बनाइ दिनु भयो भन्दै हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएर गोष्ठी समापन भएको जानकारी दिनु भयो । संस्थाकी महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक कार्यक्रमको संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x