सुलसुलेउदयपुर साहित्य कला प्रतिष्ठानको रचना वाचन कार्यक्रम
उदयपुरको गाईघाट स्थित उदयपुर साहित्य कला प्रतिष्ठानले शनिबार आफ्नो नियमित कार्यक्रम अन्तर्गत रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

गाईघाट, २०७९ फागुन २० । उदयपुरको गाईघाट स्थित उदयपुर साहित्य कला प्रतिष्ठानले शनिबार आफ्नो नियमित कार्यक्रम अन्तर्गत रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका कोषाध्यक्ष महेन्द्रकुमार राईले आफ्नो गीत प्रस्तुत गरी रचना वाचनको शुरुवात भएको सो कार्यक्रममा उदयपुरका महाकाव्यकार उद्धव घिमिरे, सरिता पौडेल गुरागाई, सीमा मास्के, चन्द्रनारायण चौधरी, कीर्तिबहादुर खड्का, खिला घिमिरे बुँइपाखिरी, हर्कनारायण श्रेष्ठ, भीम घाँसे, ऋषि राई, बासुदेव पोखरेल, माधव पोखरेल गोज्याङ्ग्रे लगायतका दर्जन बढी कविहरूले आआफ्ना रचना वाचन गरेका थिए ।
आउँदो चैत्र महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिवार भव्यताका साथ रचना वाचन कार्यक्रमलाई अघि बढाउने र यही फागुन २३ गते फागुपूर्णिमाका दिन हास्यव्यङ्ग्य रचना वाचन गरी होली पर्व मनाउने निणर्य समेत गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठनको सभाकक्षमा आयोजित रचना वाचन कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका उपाध्यक्ष बासुदेव पोखरेलको अध्यक्षतामा र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको सञ्चालनमा भएको थियो ।
०००
– गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest












































