साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.पोखरेल र विवशलाई शंकर लामिछाने पुरस्कार

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले गरेको हो । पुरस्कार सिफारिस समितिमा साहित्यकारहरू प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’ र युवराज नयाँघरे रहनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौ, २०७९ फागुन २३ । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ ।

सो अवसरमा वरिष्ठ निबन्धकार प्रा.डा. माधव पोखरेललाई नगद रु. पचास हजार राशीसहितको “शंकर लामिछाने निबन्ध पुरस्कार २०७९” प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रतिष्ठानले निबन्ध नियात्राकार ज्ञानेन्द्र विवशलाई नगद रु. पच्चीस हजार राशीसहितको “शंकर लामिछाने युवा निबन्ध पुरस्कार २०७९” प्रदान गर्ने पनि निर्णय गरेको छ । सो निर्णय प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले गरेको हो । पुरस्कार सिफारिस समितिमा साहित्यकारहरू प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’ र युवराज नयाँघरे रहनु भएको थियो ।

साहित्यकार पोखरेलका निबन्धकृतिहरू ‘मेरो मान्छे’ (२०५४), ‘’ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय’ (२०५७), ‘नागदहको थिति’ (२०५९), ‘गार्गीको गाँठो’ (२०६२) लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन् ।

यसैगरी निबन्ध नियात्राकार विवशका ज्ञानेन्द्र विवशका ‘क्यानभासका तरङ्गहरू’ (२०५५), ‘राराकी अप्सरा’ (२०५८), ‘मृत्यु उत्सव’ (२०६०), ‘आकृतिको आवाज’ (२०६१), ‘प्रणय र पाइला’ (२०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (२०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (२०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (२०७०), ‘सुन्दरीचोक’ (२०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (२०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (२०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (२०७८), ‘कलाकार सिद्धिमुनि शाक्य : जीवन र कला’ (२०७८) र ‘संवेदनाका स्वरहरू’ (संयुक्त निबन्धसङ्ग्रह २०५४) कृतिहरू प्रकाशित रहेका छन् ।

यसअगि ‘शंकर लामिछाने निबन्ध पुरस्कार’बाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्र सिंह प्रधान, प्रा.डा. दुर्गाप्रसाद भण्डारी, डा. ताना शर्मा, श्यामप्रसाद शर्मा, प्रा.बालकृष्ण पोखरेल, घनश्याम राजकणर्िकार र गणेश रसिक सम्मानित भइसक्नु भएको छ ।

यसैगरी ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’बाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरस्कृत भइसक्नु भएको छ ।

डा. माधवप्रसाद पोखरेल फित्कौली डटकमको सल्लाहकार समेत रहनुुभएको छ । पुरस्कृत दुवै स्रष्टालाई फित्कौली डटकम हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x