साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग

फेव्रेवरी २५ मा जुम मार्फत् रिसालज्यूसँग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजले यो सहयोग गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, फागुन २६, २०७० । अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार/समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर (रु १ लाख ४५ हजार ४ सय ५५) हस्तान्तरण गरेको छ ।

फेव्रेवरी २५ मा जुम मार्फत् रिसालज्यूसँग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजले यो सहयोग गरेको हो ।

सहयोग रकम ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रिसालले प्रवासमा बसेर पनि समाजले नेपाली साहित्यको श्रीवृद्धिका लागि निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले प्राप्त आर्थिक सहयोग समाज सेवामा खर्चने प्रतिबद्धता व्यक्त गर्दै समाजप्रति विशेष आभार व्यक्त गर्नुभयो ।

रिसालको जीवनी, यथार्थता, सामाजिक योगदान र जीवनका उतारचढाव, कटुताहरू उहाँ आफैबाट सुन्न पाउनु आफ्नो संस्थाका लागि गौरवको क्षण भएको समाजले जनाएको छ ।

०००
– निर्मल अर्याल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x