सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कृति विमोचन कार्यक्रम भएको हो ।

Nepal Telecom ad

हेटौंडा, २०७९ चैत ३ । मुक्तककार बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन भएको छ ।

मुक्तक मञ्च मकवानपुरको आयोजनामा शुक्रबार साहित्य संगमको सभाहलमा मुक्तक सङ्ग्रह विमोचन गरिएको हो । मुक्तक वाचन नवौँ शृंखला अन्तर्गत मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कृति विमोचन कार्यक्रम भएको हो ।

समीक्षक तथा मुक्तककार विश्वनाथ सञ्जेलले मुक्तककार बिर्खे अन्जान समालोचक र सर्जक भएर पाठकलाई हेर्नु जटिल विषय रहेको बताउनुभयो । उहाँले बिर्खे अन्जानलाई विद्रोही चेत र भुइँमान्छेको विषयलाई उठान गर्ने मुक्तककारको रुपमा परिचित गराउनुभयो । शल्यक्रिया पहिलो कृति भएपनि मुक्तक संग्रहमा कठघरामा देश पहिलो कृति भएको बताउनुभयो ।

मानवीय कमजोरी, सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध मुक्तक लेख्ने बिर्खे अन्जान सशक्त मुक्तककार रहेको सञ्जेलले बताउनुभयो । सागर तिमल्सिना, सुवास सजल लगायतले अन्जानका मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि उपस्थिति रहेको थियो ।

०००
– हेटौंडाबाट संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad