साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कृति विमोचन कार्यक्रम भएको हो ।

Nepal Telecom ad

हेटौंडा, २०७९ चैत ३ । मुक्तककार बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन भएको छ ।

मुक्तक मञ्च मकवानपुरको आयोजनामा शुक्रबार साहित्य संगमको सभाहलमा मुक्तक सङ्ग्रह विमोचन गरिएको हो । मुक्तक वाचन नवौँ शृंखला अन्तर्गत मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कृति विमोचन कार्यक्रम भएको हो ।

समीक्षक तथा मुक्तककार विश्वनाथ सञ्जेलले मुक्तककार बिर्खे अन्जान समालोचक र सर्जक भएर पाठकलाई हेर्नु जटिल विषय रहेको बताउनुभयो । उहाँले बिर्खे अन्जानलाई विद्रोही चेत र भुइँमान्छेको विषयलाई उठान गर्ने मुक्तककारको रुपमा परिचित गराउनुभयो । शल्यक्रिया पहिलो कृति भएपनि मुक्तक संग्रहमा कठघरामा देश पहिलो कृति भएको बताउनुभयो ।

मानवीय कमजोरी, सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध मुक्तक लेख्ने बिर्खे अन्जान सशक्त मुक्तककार रहेको सञ्जेलले बताउनुभयो । सागर तिमल्सिना, सुवास सजल लगायतले अन्जानका मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि उपस्थिति रहेको थियो ।

०००
– हेटौंडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x