साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको ५८ औं कवि गोष्ठी

संस्थाका अध्यक्ष डा. बमबहादुर थापा जितालीको सभापतित्वमा राष्ट्रिय पहिचान विषय केन्द्रित कवि गोष्ठीकी प्रमुख अतिथि गङ्गा लिगलले विषयवस्तुको सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९, चैत ३ । मञ्जुश्री साहित्यिक समाजको आयोजनामा ५८ औं नियमित प्रविधिमैत्री कवि गोष्ठी सम्पन्न भयो ।

संस्थाका अध्यक्ष डा. बमबहादुर थापा जितालीको सभापतित्वमा राष्ट्रिय पहिचान विषय केन्द्रित कवि गोष्ठीकी प्रमुख अतिथि गङ्गा लिगलले विषयवस्तुको सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।

विषेश अतिथि डाक्टर विष्णुबहादुर भण्डारीले वाचित कविताको समीक्षा प्रस्तुत गर्नुभयो । संस्थाका सचिव वीरबहादुर लोहनीले कार्यक्रम सञ्चालन गर्नुका साथै कविता पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रमको थालनी बालकवि अमन अधिकारीले राष्ट्रिय गान गाएर गर्नुभएको थियो भने विशेष कविहरूमा दुर्गा अधिकारी भमरकोटे, गणेश आत्रेय, ललिता खरेल, टेकबहादुर लौडारी, उर्मिला पन्त आदि उपस्थित सबै कविहरूले राष्ट्रिय पहिचान विषयमा केन्द्रित कविता वाचन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x