साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार बितरण र रचना वाचन कार्यक्रम

दमकमा रहेर सामाजिक सेवामा कार्य गदै आउनु भएका डा. लेखनाथ न्यौपानेले स्थापना गर्नु भएको उक्त पुरस्कार प्राप्त गर्ने एक जना शिक्षक र बीस जना छात्र छात्रा रहेका छन् ।

Nepal Telecom ad

झापा, ०७९ चैत ३ । साहित्य कला सङ्गम दमकको आयोजनामा तुलसा देवी प्रतिभा पुरस्कार बितरण र सिर्जनशील रचना वाचन कार्यक्रमको २४ औँ शृङ्खला एकैसाथ सम्पन्न भएको छ ।

दमकमा रहेर सामाजिक सेवामा कार्य गदै आउनु भएका डा. लेखनाथ न्यौपानेले स्थापना गर्नु भएको उक्त पुरस्कार प्राप्त गर्ने एक जना शिक्षक र बीस जना छात्र छात्रा रहेका छन् । हिमालय मा. वि. का शिक्षक रमेश रेग्मीलाई रु पाँच हजार नगद सहित पुरस्कृत गरिएको छ ।

यसरी नै हिमालय मा वि र पृथ्वी मा.वि.का दश, दश जना छात्रछात्रालाई रु तीन, तीन हजारका दरले पुरस्कृत गरिएको थियो । साथै सूर्यदर्शन साकोसले पुरस्कृत विद्याथीलाई झोला र शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

यसरी नै रचना वाचन कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए । साहित्यकारहरू यादवप्रसाद अधिकारी, ओमप्रसाद खनाल, गोपाल प्र.दहाल, ओम प्रकाश गौतम, डिल्ली निरौला, विरेन्द्र खडका, दुर्गा काफ्ने, भगवती दवाडी, लता खनाल (मिश्र), लक्ष्मी श्रेष्ठ, प्रकाश लिम्बू, प्रिती बस्नेत, भूमी बास्कोटा, गरिमा न्यौपाने, दिक्षा वाग्ले, रमला दर्जी आदिले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्य र दमक नगर पालिका वडा नं ७ का वडा अध्यक्ष भिम पौडेलको विशिष्ट आतिथ्यमा भएको उक्त कार्यक्रममा सूर्य दर्शन साकोशका अध्यक्ष टिकाराज सापकोटा, हिमालय मा. वि.का प्रधानाध्यापक द्रोण श्रेष्ठ, साहित्यकला सङ्गमका संस्थापक महासचिव के.पि.ढकाल र पुरस्कार संस्थापक डा. लेखनाथ न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सहसचिव हरि पराजुलीले गरेका थिए भने उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले स्वागत मन्तव्य राखेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x