साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोरी युट्युबेहरूलाई

भए श्लील सस्ता छुसी पत्रुकार इमानी भएनन् बने घाँस झार सबै देख्छु छाडा बिभिण्डा हरामी यिनैले धरा यो बनाए खरानी ।

Nepal Telecom ad

नलेख्ने कुरा जे थिए लेख्न थाले
यिनैमा भलो यी सबै देख्न थाले
पचाई सबै लाज लेख्छन् तमास
बिगारे यिनैले कठै यो समाज ।

नढाँटी समाचार भन्छन् हुँदैन
झुटोकै छ चर्चा र साँचो छुँदैन
तितो सत्यलाई सधैँ छोप्न खोज्छन्
निराधार बाटो त्यसै हिँड्न रोज्छन् ।

कुनामा बसी यी सबै थोक देख्छन्
घरैमा बसी झन् समाचार लेख्छ्न्
अनायास चर्का कुराका प्रपात
थुपार्छन् अनेकौं विकामे विवाद ।

दुराचार बाँडी सदाचार भाँड्छन्
सधैँ तीव्र हल्ला गरी मात्र ढाँट्छन्
भए सूक्ष्म जुम्रो यिनै सिंह पार्छन्
जता हुन्छ पैसा त्यतै ती चहार्छन् ।

भए श्लील सस्ता छुसी पत्रुकार
इमानी भएनन् बने घाँस झार
सबै देख्छु छाडा बिभिण्डा हरामी
यिनैले धरा यो बनाए खरानी ।

०००
दमक ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x