महेन्द्र उपाध्यायभन न ए टिकापुरका मान्छे !
यी गल्ली कस्लाई पर्खिरहेका छन् ? भनन ए भन, टिकापुरका मान्छे ?

मान्छे त ती मान्छे जो हुन् हजुरका मान्छे
हामी त दूर-दूरका मान्छे सुदूरका मान्छे
तिमी जस्तै कोही थियो हिजो हाम्रो साथमा
हेर्दाहेर्दै बिलाई गए, कपुरका मान्छे
टाढै बस्नु होला छुँदा दाग लाग्न सक्छ
हामी कोइलाका मान्छे हजुर कोहिनुरका मान्छे
हामी तिम्रो साथमा छौ ‘देवब्रत’, गल्तीमा होईन
याद राखी बस्नु, हामी हौ विदुरका मान्छे
यी गल्ली कस्लाई पर्खिरहेका छन् ?
भनन ए भन, टिकापुरका मान्छे ?
०००
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































