साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

आज्ञा आसिक पारिबाट जहिल्यै, लिन्छन् यहाँका नर। आफ्ना दाजु र भाइ मिल्न नसके, भत्कन्छ आफ्नै घर ॥ यस्तो काल करालका कहरले, आक्रान्त हुन्छौँ यता। साह्रै कष्ट बढ्यो यहाँ मुलुकमा, टिक्ला र सङ्घीयता ?

Nepal Telecom ad

(श्रृङ्खलाबद्ध कविताको ९५ औँ भाग)

टिक्ला र सङ्घीयता

चर्को क्रान्ति चल्यो खुबै मुलुकमा, आशा थियो शान्तिको ।
मौका छोप्न सिपालु छन् नि अगुवा, बाढी चल्यो भ्रान्तिको ॥
उम्दा ज्ञान विचार अक्कल विना, सारा कला मासियो।
व्याख्या उच्च बुझाइ दर्शन विना, सङ्घीयता लादियो ॥-१

नौलो ज्ञान नवीन शिल्प विधिले, उर्जा छ-यो के कति ?।
मान्छे ठालु बनेर गर्जिन पुग्यो, होला र के उन्नति ॥
पारी देश चिरा चिरा अब यहाँ, मिल्ला र के एकता ?।
रैतीका सपना पुगे बगरमा, टिक्ला र सङ्घीयता ?॥-२

जिल्ला केन्द्र प्रदेशको सदनको, नेतृत्व फिक्का बन्यो।
लादेका कर शुल्क धान्न नसकी, पीडा व्यथा झन् बढ्यो ॥
सौदा बात विचार शिक्षण विना, नौलो व्यवस्था मिल्यो।
व्यर्थैको नसुहाउने विधि बन्यो, नेपाल खोक्रो भयो॥ -३

सच्चा मौलिक न्यायको विधि विना, मिल्ला र के सम्मति ?।
मान्छे नैतिकवान् सुसभ्य नभए, बढ्ला समस्या अति ॥
सौदा बैठक खेलले सदनको, उल्टो बन्यो सभ्यता॥
मान्छेका झगडा कडा कलहले, टिकला र सङ्घीयता ?॥-४

सानो देश छ निम्न आय छ खुबै, गिर्दै गयो आर्थिक।
सत्ता शासन चल्छ जाल छलले, रम्छन् यहाँ मालिक॥
यस्तै चाल रह्यो भने मनुजका, बढ्लान् अझै झन् व्यथा ।
थर्काको भरमा यहाँ मुलुकमा, टिक्ला र सङ्घीयता ? ॥- ५

आज्ञा आसिक पारिबाट जहिल्यै, लिन्छन् यहाँका नर।
आफ्ना दाजु र भाइ मिल्न नसके, भत्कन्छ आफ्नै घर ॥
यस्तो काल करालका कहरले, आक्रान्त हुन्छौँ यता।
साह्रै कष्ट बढ्यो यहाँ मुलुकमा, टिक्ला र सङ्घीयता ?॥-६

०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x