साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गँजेडी गफ

केही गाउँहरूको मुख्य आयश्रोत भने गाँजा थियो जसलाई पछि अमेरिकी दवाबका कारण फाँडियो । अहिले अमेरिका आफै गाँजा उन्मुख देश भएको छ । यस विवाद बारे आगे यहाँको मर्जी, म कहिल्यै गाजाँ नखाएकोलाई के थाहा ? मखुला पासा ?

Nepal Telecom ad

शुक्रबारे गन्थन

एकजना जँड्याहा र एकजना गँजेडी टुन्न भएर न्यूरोड गेटनेर आइपुगे ।
जँड्याहा ः यो गेट म उफ्रेर नाघ्छु, छोड्दे मलाई ।
गजेडी ः म त नाघ्न सक्दिन, यो त होचो र साँघुरो छ म त घस्रेर पस्छु । पासा घस्रेर पसौँ । टाउको निहुराऊ ।

यस्तै गन्थन गर्दै थिए, यिनीहरूको ताल देखेर त्यहाँ बसेका प्रहरीले जँड्याहाको टाउकोमा एक डण्डा लगाएछन् ।
गजेडी ः भन्दैथेँ नि, टाउको निहुराऊ भनेर । मानेनौ, टाउको ठोकियो हैन ?

गँजेडी कसैसँग कुटाकुट गर्दैन, कत्ति जँड्याहा त स्वास्नी कुट्ने हुन्छन्, गँजेडीले श्रीमती पनि कुट्दैन । जे होस् गँजेडी शान्त हुन्छ ।

अब गरौँ गाँजा र देशको समृद्धिको कुरा ।
एक ताका समृद्धि हामी कार्पेटमा, अनि गार्मेन्टमा खोज्थ्यौँ । एउटा तालिममा भाग लिँदा टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राचार्यले नब्बेको मध्य दशकतिर ठोकेर भनेका थिए, नेपाललाई यी कुराले खासै केही दिँदैन, अर्थात् समृद्धि दिँदैन । पछि समृद्धि वैदेशिक रोजगारले दिन्छ भनेर होला देश त्यता लागेको छ ।

अहिले नेपाललाई समृद्धि गाँजाले दिन्छ भन्ने नयाँ नौलो अवधारणा आयो । यसका कडा प्रस्तावक र समर्थक हुन् भीम उपाध्याय । यिनको परिचय मैले दिइराख्न पर्दैन, यिनी स्वनामधन्य व्यक्तित्व हुन्, साथै मेरो कलेजका साथी । यिनमा गाजाँको प्रचूर ज्ञान छ, व्यवहारिक उपयोगिता थाहा छ । यिनी जस्तै गाँजालाई बन्द गर्नुपर्छ वा बन्देज लगाउनु पर्छ भन्ने पक्षमा म पनि छैन ।

अनि, अब मेरो आफ्नो गन्थन शुरु हुन्छ । म किशोर हुँदा गाँजा प्रतिबन्धित थिएन । गाँजाको राजधानी झोछेँ, काठमाडौं थियो र विदेशी गँजडीहरूको थलो थियो । विदेशी पर्यटकहरूले टोलको नाम नै झोछेँबाट फ्रिक स्ट्रिट बनाएका थिए । अन्य स्थानीय टोलहरूमा भने केही गँजेडीहरू हुन्थे, केही समुह साँझ मन्दिर-फल्चातिर भजन गाउँदै वा भजनपछि एकदुइ सर्को लगाउँथे । ठिटाहरू भजनतिर लागे भने ‘यो बिग्रियो’ भन्थे कोही कोही । यस्ता सामान्य गँजेडीले समाजमा साह्रै नकारात्मक प्रभाव पारेको याद छैन । यो गँजेडीलाई पत्याउनु हुन्न, बढी गफ हाक्छ भन्नेसम्म हुन्थ्यो ।

गँजेडीको गफबारे स्व.मदनमोहन मिश्र बाजेले नेवार भाषामा ‘गजिगुलुया म्हङ्से पशुपतिनाथ’ (गँजेडीको सपनामा पशुपतिनाथ) नामक हास्यव्यङ्ग्य पुस्तक लेखेका थिए जुन चर्चित थियो ।

समाजले गँजेडीलाई अलि नराम्रोसम्म मान्थ्यो, त्यति हो । साथै, गाँजाको खेती र व्यवसायले कुनै समाज, बस्ती धनी भयो भन्ने पनि सुन्नमा आएको थिएन । केही गाउँहरूको मुख्य आयश्रोत भने गाँजा थियो जसलाई पछि अमेरिकी दवाबका कारण फाँडियो । अहिले अमेरिका आफै गाँजा उन्मुख देश भएको छ ।

यस विवाद बारे आगे यहाँको मर्जी, म कहिल्यै गाजाँ नखाएकोलाई के थाहा ? मखुला पासा ?

०००
यु.एस.ए.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
0
Would love your thoughts, please comment.x
()
x